मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा रक्तदान एवम् मधुमेह परीक्षण कार्यक्रम सम्पन्न
मणिग्राम ।रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा रक्तदान एवम् मधुमेह परीक्षण कार्यक्रम आज बिहीबार सम्पन्न भएको छ ।रोट¥याक्ट क्लब अफ राममणि क्याम्पस एवम् लायन्स क्लब अफ तिलोत्तमाको संयुक्त आयोजना र विद्यार्थी परामर्श समिति राममणि बहुमुखी क्याम्पसको संयोजनमा कार्यक्रम भएको थियो ।रोट्¥याक्ट क्लब अफ राममणिका अध्यक्ष मदन न्यौपाने र लायन्स क्लब अफ तिलोत्तमाका अध्यक्ष खेमराज ढकालको संयुक्त अध्यक्षता तथा लायन्स इण्टरनेशनल ३२५ का डिष्ट्रिक्ट गभर्नर अर्जुनमान सैंजुको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
सो अवसरमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष धु्रवकुमार धिताल, क्याम्पस प्रमुख ताराप्रसाद पराजुली, रोट्¥याक्ट वर्ष २०२४र२५ का डी।आर।आर। विक्रम क्षेत्री, विद्यार्थी परामर्श समितिका संयोजक भिमलाल घिमिरे लगायतले कार्यक्रममा बोल्नुभएको थियो ।रोट्¥याक्ट क्लब अफ राममणिका सचिव साक्षी तिवारीको सञ्चालनमा भएको कार्यक्रममा ३७ जनाले रक्तदान गरेका थिए भने ३६ जनाको मधुमेह परीक्षण गरिएको थियो ।










