शान्तिमा सेभेन ए साइड फुटवल प्रतियोगिता हुने

प्रकाशित मिति:

तिलोत्तमा,असोज २० । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको स्पोट्स क्लवको आयोजनामा जिल्ला स्तरीय फुटवल प्रतियोगिता हुने भएको छ । रुपन्देही जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबीच प्रतियोगिता हुन लागेको हो ।
यहि असोज २४ गतेदेखि हुने सेभेन ए साइड फुटवल प्रतियोगितामा करीव ३० समूहको सहभागिता रहने छ । प्रतियोगिता मार्फत रुपनदेहीका विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुबीच सद्भाव र आत्मीयता बढाउने उद्धेश्य राखिएको विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले बताउनुभयो ।
गत वर्ष जस्तै यस वर्ष पनि जिल्ला स्तरीय प्रतियोगिताको माध्यमबाट स्वास्थ्य र सम्बन्ध दुबैमा योगदान पुगोस् भन्ने मान्यताका साथ प्रतियोगिता आयोजना गरिएको शान्ति स्पोट्स क्लवका अध्यक्ष राजेन्द्र के.सी.ले बताउनुभयो ।
शान्ति नमुनाको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताका विजेताहरुलाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने खेल संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।