लायन्सका पाँच जोनद्वारा सुस्ताको जनता बिद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग

प्रकाशित मिति:

नवलपरासी  । नवलपरासीको सुस्ता गाउँपालिका–५ सुस्तामा रहेको जनता दलित आधाभूत विद्यालयमा एक कार्यक्रम बिच विद्यालय सहयोग कार्यक्रम भएको छ । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पि नेपाल एरिया ३ अन्तर्गतका पाँच ओटा जोनहरुको सक्रियतामा करिव ३५ हजार रुपैया बरावरको शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरिएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा सुस्ता गाउँपालिका वडा नं। ५ सुस्ताका अध्यक्ष प्रभुनाथ यादवले दुर्गम क्षेत्र सुस्ता दशगजा क्षेत्रमा रहेको विद्यालयलाई प्राथमिकतामा राखि लायन्स क्लवबाट सहयोग हस्तान्तरण गरिएकोमा क्लवको प्रशंसा गर्नुभयो ।

सिमा विवादको रुपमा रहेको सुस्ता अतिक्रमण भूमी रक्षाको लागि र यस दुर्गम पिछडिएको क्षेत्रको विकासको लागि यस्ता क्लव तथा संघसंस्था र नेपाल सरकारको ध्यान जानुपर्नेमा वडा अध्यक्षले जोड थियो । कार्यक्रमम विद्यालयका प्रधानाध्यापक माधव थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वृजेश साह, सुस्ता बचाउ अभियन्ता नुर जरह वेगम लगायतले क्लवले गरेको सहयोग सकारात्मक भएकोले निरन्तर सहयोगको अपेक्षा गर्नुभयो । केही महिना अघि फेलोसिपको क्रममा लायन्स क्लव इन्टरनेशनल ३२५ पि को ब्रान्डिङ गर्न र लायन्समा केही पृथकता दिन नयाँ सोचका साथ उक्त क्षेत्र र विद्यालयलाई छनौट गरिएको र उक्त विद्यालयमा सिकाई क्रियाकलापमा शिक्षक तथा विद्यार्थीहरुलाई सहज गराउनको लागि शैक्षिक सामाग्री, पुस्तकालयको लागि पुस्तक, खेलकुद सामाग्री तथा माइक र स्पिकर वितरण गरिएको उक्त कार्यक्रमको संयोजक लायन बिनोद थापा मगरले जानकारी गराउनुभयो ।

उक्त कार्यक्रममा एरिया ३ का एरिया चिफ लायन बिनोद सुवेदीद्वारा उक्त सुस्ता क्षेत्रमा पुगेर सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको बताउनुभयो । लायन्सका पाँच जना जोनहरुको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा व्यक्तिगत रकम संकलन गरिएको र एरिया ३ का एरिया चिफ लायन बिनोद सुवेदी, लायन्स क्लव अफ बुटवल स्टार, डिष्ट्रिक्ट एलसिएफ कोअर्डिनेट एमजेएफ लायन सन्दिप कशौधन, एरिया ३ का एरिया सचिव लायन प्रकाश भट्टराई लगायतकोे समेत सहयोग रहेको जोन चेयर पर्सन विकास श्रेष्ठले जानकारी गराउनभयो । उक्त सहयोग हस्तान्तरण कार्यक्रममा रु। ३५ हजार बराबरको सहयोग वितरण गरिएको जोन चेयर पर्सन लायन खेम ब। घर्ती मगरद्धारा जानकारी गराउनुभयो ।
कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ नेपाल एरिया ३ लायन वर्ष २०२३÷२४ का जोन चेयर प्रशन जोन १८ का लायन बिनोद थापा मगर, जोन १९ का लायन तिलक राम खनाल, जोन ११ का लायन लोकेन्द्र लिम्बु, जोन १५ का खेम ब। घर्ती मगर, जोन १० का विकास श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।