ज्ञानपुञ्ज बोर्डिङ्गमा पुरस्कार वितरण

प्रकाशित मिति:

सबलपोष्ट- बुटवल,२५ माघ । ज्ञानपुञ्ज ईङ्गलिस बोर्डिङ्ग सेकेन्डरी स्कुलले आफ्नो स्थापनाको १९ औं वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ । स्कुलले वार्षिकोत्सवको अवसर पारेर साता व्यापी खेलकुद सप्ताह संचालन गरेको थियो । उक्त साता व्यापी खेलकुद प्रतियोगिताका प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्ने विद्यार्थिहरुलाई पुरस्कार वितरण गरिएको हो ।
पुरस्कार वितरण कार्यक्रमका बुटवल उपमहानगरपालिकाका प्रवक्ता तथा बुटवल उपमहानगरपालिका वडा नम्वर १५ का वडा अध्यक्ष शिव रानाले तिनाउ पश्चिममा उत्कृष्ट शैक्षिक गुणस्तर कायम गर्न सफल ज्ञानपुञ्ज स्कुलले जिवन उपयोगि शिक्षा दिदै अगाडि बढ्नु पर्ने बताए । नेपाल स्काउट लुम्बिनी प्रदेश संयोजक दिनानाथ भट्टराईले स्कुलले निकै मेहनत गरेर विद्यार्थी र अभिभावकको मन जित्न सफल भएको बताउदै आगामी दिनमा अझ प्रभावकारी ढंगबाट गुणस्तरीय शिक्षा दिदै अगाडि बढ्नु पर्ने बताए ।

स्कुलका प्राचार्य तोयाराम पौडेलले गुणस्तरीय शिक्षासंगै विद्यार्थीको सर्वाङगीण विकासका लागि अतिरिक्त क्रियाकलाप र खेलकुदलाई पनि उत्तिकै प्राथमिकता दिएर अगाडि बढेको बताउंदै आगामी दिनमा समयसापेक्ष ढंगले सबैको राय सुझाव अनुसार थप गुणस्तरीय शिक्षा दिने बताए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाराम ढकाल, विद्यालयका सहायक प्राचार्य हिमलाल न्यौपाने, ईसिए प्रमुख हरी भट्टराईले आफ्ना भनाई राख्दै विद्यार्थीलाई शारीरिक र मानसिकरुपमा स्वस्थ राख्न हरेक वर्ष खेलकुद सप्ताह आयोजजा गरी विद्यार्थीको खेल प्रतिभा प्रष्फुटन गराउंदै आएको बताए ।