ज्ञानपुन्जले मनायो १९औं वार्षिकोत्सव

प्रकाशित मिति:

बुटवल,२६ माघ ।   बुटवल उपमहानगरपालिका ११ नहरपुरस्थित ज्ञानपुञ्ज ईङ्लीस बोर्डिङ स्कुलले १९औं वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख टिकाराम पन्थीले विद्यालयले गरेको शैक्षिक उपलब्धीको प्रशंसा गर्दै विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड प्राप्त गर्नु ठूलो कुरा भएको बताए ।

विद्यालयका भावी योजनासहित प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्राचार्य तोयाराम पौडेलले ज्ञानपुन्ज तिनाउ पश्चिमका विद्यार्थी र अभिभावकको पहिलो रोजाईको विद्यालय बनेको बताए । कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गंगाराम ढकाल, अभिभावक भेषराज पोखरेल, भूपू विद्याथी मञ्च अध्यक्ष सिद्धार्थ कंडेल, पूर्व नहरपुर टोल विकास संस्थाका अध्यक्ष विष्णु खनाल, अभिभावक महेन्द्र भुसाल, प्याब्सन बुटवलका अध्यक्ष मित्रहरी आचार्य, प्याब्सन रुपन्देही उपाध्यक्ष कुलराज शर्मा, तिनाउ ईङलीस बोर्डिङ्ग स्कुलका यज्ञमूर्ती पाण्डेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

विद्यालयको वार्षिकोत्सवको अवसर पारी खेल सप्ताह अन्तर्गत सञ्चालन भएका विविध खेलमा उत्कृष्ट विद्यार्थीहरुलाई विद्यालयले सम्मान गरेको विद्यालयका इसिए प्रमुख हरि भट्टराइले थियो ।
वार्षिकोत्सवको अवसरमा विद्यालयले विद्यालयमा कार्यरत १ सय १० शिक्षक–शिक्षिका तथा कर्मचारीहरुलाई सम्मान गरेको सह–प्राचार्य हिमलाल न्यौपानेले बताए ।