बुटवल । बुटवल–७ दीपनगरस्थित त्रिभुवन युनाइटेड एकेडेमीमा शुक्रबार फुड फेस्टिबल सम्पन्न भएको छ । विद्यालयमा कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीहरुले खाना महोत्सव आयोजना गरेका हुन ।
फुड फेस्टिबलको बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले उद्घाटन गर्दै विद्यार्थीहरुलाई पाठ्यक्रमको पढाईसँगै व्यवहारिक ज्ञानको समेत आवश्यक हुने बताइन् । विद्यालयका सह प्राचार्य रामचन्द्र बस्यालले विद्यार्थीले कक्षा कोठामा सिकेको सीपलाई व्यवहारमा उतार्दै उत्पादन र मार्केटिङ सीपको विकास गर्ने उद्देश्यले खाना महोत्वस आयोजना गरेको बताए । खाना महोत्सवले विद्यार्थीहरुलाइ ब्यवसायी वा स्वरोजगार बन्न प्रेरित गरेको उनले बताए ।
फुड फेस्टिबलमा होटल म्यानेजमेन्ट अध्ययन गर्ने ६ वटा सेक्सनका २ सय बढी विद्यार्थीले ६ वटा स्टलमा एक दर्जन बढी रेष्टुरेन्टमा पाइने खानाका परिकार तयार गरेर विक्रि गरेका होटेल म्यानेजमेन्ट विषय संयोजक जनकराज भुसालले जानकारी दिए । सो अवसरमा चक्र ब्याण्ड सहितको विभिन्न सांस्कृतिक कार्यक्रम सहित सुरेन्द्र नर्कमीद्धारा लिखित लौ आयो ताजा खवर र जातीय छुवाछुत विरुद्धको नाटक पनि विद्यार्थीले मञ्चन समेत गरिएको विद्यालयका प्लस टु इन्चार्ज गुरुदत्त पौडेलले जानकारी दिए ।
विद्यार्थीहरुले अध्ययनको क्रममा सिकेका कुरालाई व्यवहारमा उतार्नका लागि र उनिहरुलाई प्राक्टिकल र प्रोजेक्ट वर्क गर्नु पर्ने भएकाले फूड फेष्टीवल गरिएको विद्यालयका शैक्षिक विभाग प्रमुख भोजराज न्यौपानेले बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमाकान्त बस्याल, राष्ट्रिय परिक्षा बोर्डका प्रमुख रमाकान्त तिवारी, अभिभावक संघ रुपन्देहीको अध्यक्ष लोकनाथ ज्ञवाली, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारी, होटल सिद्धार्थ भिलासाका प्रमुख टेकराज लगायतले विद्यार्थीले तयार पारेका परिकारहरुको प्रशंसा गरेका थिए ।