मुक्तीनाथ बैंकद्धारा छात्रबृत्ति प्रदान

प्रकाशित मिति:

बुटवल फागुन  । मुक्तीनाथ विकास बैंक चौराह शाखाले आफनो सामाजिक उत्तरदायित्व अन्र्तगत कालिका मानव ज्ञान विद्यालयमा कक्षा १२ मा अध्यनरत प्रशान्त पौडेल र कक्षा ११ मा अध्ययनरत भुमिका अर्याललाई छात्रबृत्ति प्रदान गरेको छ ।आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका लगनशिल विद्यार्थीलाई एक बर्ष अध्ययन लागि आवश्यक पर्ने आर्थिक सहयोग गरेको बैंकका शाखा प्रमुख सरोज अर्यालले बताए । उनले हरेक बर्ष बैंकले यसरी आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुलाई छात्रबृत्ती प्रदान गर्ने प्रतिवद्धता जनाएका छन । गतबर्ष प्रशान्त पौडेललाई मात्र छात्रबृत्ति प्रदान गरेको बैंकले यस बर्ष भने पौडेल र अर्याललाई प्रदान गरेको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले क्षमतावान बालबालिकाहरुलाई अध्यनका लागि यस्ता सहयोगले ठुलो टेवा पुग्ने बताए ।कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिनेश थापा ,सहायक प्रधानाध्यापक पिताम्वर बन्जाडे,शिक्षक सुदर्शन रेग्मी,बैंकका क्षेत्रीय बजारीकरण विभाग अर्चना क्षेत्री ,शाखा प्रवन्धक सरोज अर्यालले लगायतले बोलेका थिए ।