नया शैक्षिक सत्रमा जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा अनिवार्य गरिने  

प्रकाशित मिति:

प्रकाश न्यौपाने

फाल्गुन ३० गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले नया शैक्षिक सत्र २०८१ देखी नगरका शिक्षक कर्मचारी र जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य गरिने भएको हो ।

बर्दघाट १४ मा रहेको गङ्गा माबीको ३४ औवार्षिक उत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले शैक्षिक गुणस्तरका लागि विद्यार्थी, शिक्षक र अभिभावकको महत्त्वपूर्ण भुमिका हुने बताउदै नगरले अभिभावक कक्षा सञ्चालन गर्ने बताउनु भयो । “विद्यार्थी र शिक्षक थप जिम्मेवार बनाउन विद्यालयमा अभिभावकको चासो हुनु जरुरी छ । त्यसका लागी नगरले दक्ष र बिज्ञ प्रशिक्षण मार्फत अभिभावकलाई अभिभावकले ध्यान दिनु पर्ने र चासो दिनु पर्ने बिषयमा प्रशिक्षित गर्ने तयारी छौं ।” नगर प्रमुख श्रेष्ठले भन्नुभयो ।बर्दघाट नगरपालिका सामुदायिक विद्यालयको नतिजा सुधार गर्ने पर्ने महसुस राम्रोसङ्ग गरेको र गुणस्तर सुधारका लागी नगरले निरन्तर लागीरहेको श्रेष्ठको भनाइ छ ।  “हामी अहिले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नगरबाट सेवा सुबिधा खाने सम्पुर्ण जनप्रतिनिधि र कर्मचारीका छोराछोरीहरु सामुदायिक विद्यालयमा पढाउन नैतिक कर्तब्य हुनेछ भनेर शिक्षा ऎनमा नै ब्यवस्था गरेका छौं ।” श्रेष्ठले भन्नुभयो । कर्मचारी र जनप्रतिनिधिहरुका छोराछोरी सामुदायिक विद्यालयमा पढ्दा विद्यालयमा अभिभावकहरुको चासो बढ्ने र शैक्षिक गुणस्तरमा सुधार आउने जिकिर गर्नु भयो ।

बर्दघाट नगरपालिकाका वडा नम्बर १४ वडा अध्यक्ष एब नगर प्रवक्ता सन्त बहादुर गाहाले विद्यालयको भौतिक ब्यवस्थापन नगरले गर्ने बताउदै शिक्षकले गुणस्तर सुधारमा लाग्नुको विकल्प नभएको बताउनु भयो । ” भौतिक सरचनाको लागि नगर छ, शिक्षिक गुणस्तरका लागी शिक्षक र अभिभावक लाग्नुहोस ।” गाहाले भन्नू भयो ।

सामाजिक बिकास समिति संयोजक भिमकाजी गुरुङले शिक्षकले गुणस्तर सुधार गर्ने नसके जागिर छाड्नु पर्ने बताउनु भयो । ” विद्यार्थी पढाउने तर शैक्षिक गुणस्तर वृद्धि गर्न नसक्ने शिक्षकले की त जागिर छाड्नुहोस, कि त पालिका बाट सरुवा हुनुहोस् ।” गुरुङले भन्नुभयो । विद्यालयका प्रअले आफू खुशी बजेटको माग गरेको बताउदै गुरुङ्गले विद्यालयको आवश्यकता अनुसारको बजेट माग नगरेको बताउनु भयो । ” विद्यालयमा झ्याल चाहिएको छ तर प्रअ ले विद्यालयको कम्पाउण्ड माग्नु हुन्छ, विद्यालयमा डेक्स चाहिएको छ प्रअले बेन्च माग्नु हुन्छ । ” गुरुङ्गले भन्नुभयो । प्रअले विद्यालयको आवश्यकताहरु प्राथमिकीरण गरेर नगरसङ्ग बजेट माग्न आग्रह गर्नु भयो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शोभकर भुसालको अध्यक्ष रहेको कार्यक्रममा प्रअ भुपराज रिजालले विद्यालयको बस्तु स्थितिको जानकारी गराउनु भएको थियो ।