मणिमुकुन्दमा विद्यार्थी र अभिभावकको निशुल्क आंखा र दांत शिविर

प्रकाशित मिति:

बुटवल ।   बुटवलको मणिमुकुन्द इङलिस बोर्डिङ स्कुल तथा कलेजको आयोजनामा निशुल्क आंखा र दांत शिविर सम्पन्न भएको छ । शनिबार विद्यालय प्राङगणमा भएको शिविरमा दांत रोग विशेषज्ञ डा. सन्तोषप्रसाद ढकाल र डा. गिता न्यौपाने ढकाल तथा आंखारोग विशेषज्ञ डा. सुशान्त ज्ञवाली र डा. अंशु शर्मा सहितका स्वास्थ्यकर्मीहरुले विद्यार्थी, अभिभावक लगायत करिब आठ सय जनाको आंखा र दांत चेकजांच गरेका थिए । शिविरमा करिब एक सय ५० जनाको दांत उखेलिएको डा. ढकालले जानकारी दिए । कार्यक्रम उद्घाटनका अवसरमा बोल्दै संस्थाका सञ्चालक प्राध्यापक उमापति न्यौपानेले मणिमुकुन्दले विद्यार्थीको आंखा र दांतको स्वास्थ्यलाई मध्यनजर गरी निशुल्क शिविर सञ्चालन गरेको बताए । यस्तै डा. सन्तोष प्रसाद ढकाल र डा. सुशान्त ज्ञवालीले प्रदेशकै अग्रणी मध्येको एक शैक्षिक संस्थासंग सहकार्य गरेर शिविर सञ्चालन गर्न पाएकोमा खुशी व्यक्त गर्दै आषमी दिनमा पनि यसलाई निरन्तरता दिने बताए । कार्यक्रममा संस्थाका प्राचार्य टुकबहादुर क्षेत्री,प्राध्यापक र शिक्षक, सञ्चालकहरु लगायतको सहभागिता थियो ।