मणिमुकुन्दका कक्षा १२ का विद्यार्थीलाई विदाइ तथा प्राध्यापक–कर्मचारीलाई सम्मान

प्रकाशित मिति:

बुटवल, चैत ७ ।   बुटवल–११ योगिकुटी स्थित मणिमुकुन्द कलेजमा कक्षा १२ का विद्यार्थीहरुलाई विदाइ तथा प्राध्यापक कर्मचारीलाई सम्मान गरिएको छ । कक्षा ११ का विद्यार्र्थीहद्वारा आयोजित उक्त कार्यक्रममा बोल्दै कलेज सञ्चालक समितिका अध्यक्ष गमप्रसाद रेश्मीले विद्यार्र्थीहरुलाई लगनशील र अनुशासित बन्न आग्रह गर्र्दै उच्च सफलताको कामना गरे ।
कलेजका प्राचार्य टुकबहादुर क्षेत्रीले विद्यार्थीको शैक्षिकसँगै सर्वाङ्गीण विकासमा कलेजले उत्तिकै महत्व दिएको बताए । वर्तमान अवस्थामा विद्यार्थीहरु थप मिहिनेती र अनुशासित बन्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले संस्थाले सदैव अनुशासन र गुणस्तरलाई प्राथमिकता दिएको बताए । कलेज प्रशासन, प्राध्यापक, विद्यार्थी र अभिभावकको सामूहिक मेहनतले हरेक वर्ष कलेजले उत्कृष्ट नतिजा ल्याउन सफल भएको प्राचार्य क्षेत्रीको भनाई थियो ।
कलेजका सह–प्राचार्य दिवाकर खनाल, व्यवस्थापन संकाय संयोजक पशुपति चौधरी, विज्ञान संकाय संयोजक लक्ष्मण गैरे, सञ्चालक समिति सदस्य तथा प्राध्यापक उमापति न्यौपाने, कक्षा ११ का विद्यार्र्थी प्राञ्जल भारद्वाज,संगम सापकोटा र आशिका आचार्य लगायतले बोल्दै मणिमुकुन्दले कक्षा १२सम्म मात्र नभई स्नातक तहमा पनि अब्बल नतिजा दिंदै देशमै अग्रणी शैक्षिक संस्था बनेको चर्चा गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले गीत तथा नृत्य मार्फत सहभागीहरुलाई मनोरन्जन प्रदान गरेका थिए ।
सो अवसरमा कलेजका ८० जनाभन्दा बढी प्राध्यापक तथा कर्मचारीहरुलाई सम्मान गरीएको थियो भने कक्षा १२ का विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । मणिमुकुन्द कलेजमा कक्षा १२ मा करिब ७ सय विद्यार्थी अध्ययनरत छन् ।