मणिमुकुन्द कलेजका बिबिएस विद्यार्थीलाई स्वागत र विदाई

प्रकाशित मिति:

बुटवल । मणिमुकुन्द क्याम्पस, योगिकुटी बुटवलका बिबिएस प्रथम बर्षका विद्यार्थीहरुलाई स्वागत तथा चौथो बर्षका विद्यार्थीहरुलाई बिदाइ गरिएको छ ।

कलेजमा अध्ययनरत बिबिएस दोश्रो तथा तेश्रो बर्षका विद्यार्थीहरुद्वारा महाराजा रिसोर्टमा सम्पन्न आयोजित कार्यक्रममा बोल्दै प्राचार्य टुकबहादुर क्षेत्रीले मणिमुकुन्द कलेजले पाठ्यक्रमको ज्ञानको अलावा अतिरिक्त क्रियाकलाप, खेलकुद र अनुशासनमा समेत उत्तिकै प्राथमिकता दिएर विद्यार्थीको सर्वाङगीण क्षमता विकासलाई उच्च प्राथमिता दिएको हुंदा लुम्बिनी प्रदेशमै अब्बल नतिजा ल्याउन सफल भएको बताए ।
कार्यक्रममा सहप्राचार्य दिवाकर खनाल, बीबीएस संयोजक दिनेश पाण्डे, सञ्चालक तथा प्राध्यापक उमापति न्यौपाने,बिबिएस तेस्रो बर्षका गगन अधिकारी,बिबिएस प्रथम बर्षकी सिमरन के सी, बिबिएस चौथो बर्षका दीपेन्द्र पाण्डे लगायतले बोल्दै निरन्तर उत्कृष्ट नतिजाका कारण मणिमुकुन्द विद्यार्थी र अभिभावकको रोजाई बनेको बताए ।

बिज्ञान संकाय संयोजक योगलाल गैरे,ब्यवस्थापन संकाय संयोजकस् पशुपती चौधरी लगायत प्राध्यापकहरुको समेत उपस्थितिमा विद्यार्थी सन्देश मल्ल रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यार्थीद्वय सन्शिला गौताम र प्रिती गौतमले गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले गीत र नृत्य प्रस्तुत गरेर सहभागीलाई मनोरन्जन दिलाएका थिए ।