थाकस सियारी को सम्मान कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

थारु कल्याणकारीणी सभा सियारी ले नयाँ वर्ष २०८१ को शुभकामना आदनप्रदान एवं सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।था क स सियारी कार्य समिति द्वारा आयोजित कार्यक्रम मा सियारी भित्र का थारु समुदाय बाट शिक्षा सेवा आयोग बाट सियारी (३ हर्नैया का महेन्द्र चौधरी , ३ सितापुर बाट भिम बहादुर थारु , २ च्याङ्ठा बाट राधिका थारु र नेपाली सेना बाट नाम निकाल्न सफल सियारी २ गणसारी का अरुन चौधरी लाई सम्मान गरिएको छ ।कार्यक्रम मा बोल्दै थारु जन कवि बम बहादुर थारु ले थारु समुदाय को भाषा , साहित्य र कला के हो रु यसलाई जगेर्ना कसरी गर्नुपर्छ भन्ने प्रष्ट पार्दै थारु भाषा को पुस्तक सम्पुर्ण थारु समुदाय ले अनिवार्य रुपमा अध्ययन गर्नु पर्ने मा जोड दिनु भएको थियो । यसैगरी था क स का वरिष्ठ सल्लाहकार शिव पुजन थारु ले हरेक जिल्ला मा थारु बाहुल्यता भएको ठाउमा जसरी थारु भाषा को पठन पाठन भईरहेको छ ।

त्यसरि रुपन्देही जिल्ला को बिध्यालय मा पठन पाठन हुनु पर्दछ भन्ने आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।कार्यक्रम मा बोल्दै प्रमुख अतिथि था क स का केन्द्रिय पार्सद अयोद्य्या थारु ले थारु भाषा थारु संस्कृति गर्न संरक्षण र सम्बर्द्धन गर्न का निम्ति हरेक नगर पालिका गा पा ले थारु झुमरा नाच तालिम , मनरा बजाउने तालिम , मयुर नाच जस्ता तालिम का लागि बजेट बिनियोजन । केही गा पा ले थोरै धेरै बजेट बिनियोजित गरेता पनि सोही बजेट बाट केही रकम कटौती गरि आफ्नो शिर उच्च गर्न अरु पालिका लाई र अन्य जातीका समुदाय लाई दिने गरिएको पाइएको गुनासो व्यक्त गर्नु भएको थियो । यहा बिधि को शासन हैन ब्यक्ति को शासन चलेको भनी कार्यक्रम मा बताउनु भएको थियो । कार्यक्रम का सभाध्य्क्ष खेम बहादुर थारु ले अगामि दिन हरुमा थारु समुदाय का गरिब जेहेन्दार बिद्यार्थि हरु का लागि छात्रवृत्ति , महिला हरु का लागि आयमुलक एवं सिपमुलक तालिम जस्ता कार्यक्रम था क स ले ल्याउने प्रतिबद्धता सहित शुभकामना व्यक्त गर्दै कार्यक्रम को समापन गर्नु भएको थियो भने कार्यक्रम सन्चालन सचिब राजन चौधरी ले गर्नु भएको थियो ।