तानसेन । परमेश्वरको मण्ड्ली विश्व सुसमाचार समाजले निस्तार चाडको प्रेम, जीवन बचाउने प्रेम नारा सहित १३५० औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न गरेको छ । तानसेन नगरपालिका वडा नं ३ मा भएको रक्तदान कार्यक्रममा ८२ जनाले रक्तदान गरेका हुन् । कार्यक्रममा ताससेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठले रक्तदान गर्नु जीवन दान गर्नु जत्तिकै पुण्य कार्य रहेको बताए ।
परमेश्वरको मण्ड्ली विश्व सुसमाचार समाजले रक्तदान कार्यक्रम गरि विरामीहरूलाई आवश्यक पर्ने रगत सहज रूपमा उपलब्ध गराउने गरि मानवीय कार्य गरेकोमा मेयर श्रेष्ठले धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा तानसेन नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बाबूरत्न शाक्यले रगतको अभावलाई न्यूनीकरण गर्दै जीवन बचाउने असल कार्य रक्तदान नै भएको बताए ।
कार्यक्रममा परमेश्वरको मण्डली विश्व सुसमाचार समाज लुम्बिनी प्रदेशका प्रतिनिधि एवम कार्यक्रमका अध्यक्ष दिपेन्द्र श्रेष्ठले समाजले सन २०२४ सम्म १९ औं पटक रक्तदान कार्यक्रम गरेको जानकारी दिए । सन् १९६४ मा कोरियाबाट सुरु भएर यो वर्ष मण्डली स्थापनाको ६०औँ वार्षिकोत्सव मनाइरहेको परमेश्वरको मण्डलीले हालसम्म २७ हजार भन्दा बढी स्वयंसेवी काम गरेको श्रेष्ठले बताए ।
१७५ वटा देशका ७५ सय क्षेत्रहरूमा रहेका ३७ लाख सदस्यहरूले बाइबलअनुसार पिता परमेश्वर र माता परमेश्वर लाई विश्वास गरी उनीहरूको शिक्षाअनुसार छिमेक तथा समाजमा प्रेम र आशा बाँडिरहेका श्रेष्ठले बताए । यसको सम्मानस्वरूप मण्डलीलाई अमेरिकी राष्ट्रपतीय अवार्ड, कोरियाली राष्ट्रपतीय अवार्ड, ब्राजिलको विधायिकी पदक आदि विभिन्न सरकार तथा संस्थाहरूबाट ४,२०० वटाभन्दा बढी अवार्डहरू प्रदान गरिएको छ । कार्यक्रममा प्राविधिक सहयोग लुम्बिनी मेडिकल कलेज तथा टिचिङ्ग हस्पिटलको रहेको थियो ।