प्रकाश न्यौपाने
जेष्ठ ५ गते
नवलपरासी । नेपाल शिक्षक संघका केन्द्रिय महासचिब ज्ञानेन्द्र बहादुर रावलले शिक्षक सन्तुष्ट नभई शिक्षामा सुधार नहुने बताउनु भयो । नेपाल शिक्षक संघको ३५ औं स्थापना दिवसका अवसरमा गुणस्तरीय शिक्षा सम्बन्धि अन्तरकृयामा बोल्दै रावलले जतिसुकै राम्रो शिक्षा निति ल्याएपनि कार्यान्वयनको बलियो पक्ष शिक्षक रहेको उल्लेख गर्दै उहाले निति कार्यान्वयन गर्ने पक्ष सन्तुष्ट नभएसम्म कार्यान्वयन राम्रो नहुने उल्लेख गर्नु भयो ।
शिक्षकले अब आफ्ना माग राख्ने भनेको नै स्थानीय तह रहेको उल्लेख गर्दै रावलले भन्नुभयो -“पहिले जिल्लामा समन्वय गरे हुने थियो । नेपालको सबिधान २०७२ को अनुसूची ८ ले शिक्षकलाई जिल्लाबाट गाउपालिका र नगरपालिकामा पुर्याइदियो ।” नेपाली काङ्ग्रेसले गरेको एउटा निर्णयले शिक्षकहरुले आन्दोलन नै गर्नु पर्ने बाध्यात्मक परिस्थितिको सृजना भएको उल्लेख्य गर्दै उहाले शिक्षकहरुको आन्दोलनका कारण शिक्षा बिधेक ससदमा पेस भएको बताउनु भयो ।
कार्यक्रममा नेपाल शिक्षक संघका निवर्तमान केन्द्रिय सदस्य नेत्रलाल न्यौपानेले शिक्षा ऎन अहिले सम्म नआउनु शिक्षक र देशका लागी दुर्भाग्य रहेको बताउनु भयो । “जब सम्म शिक्षा ऎन आएर लागू हुदैन तब सम्म शिक्षकका समस्याहरु जस्ताको तस्तै हुन्छ । ” न्यौपानेने भन्नुभयो । सघिय शिक्षा ऎन आएर कार्यान्वयन नहुदासम्म शिक्षकहरुको माग ठोस रुपमा सम्बोधन नहुने न्यौपानेको भनाइ छ ।
अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेशकी उपाध्यक्ष सीता शर्मा र शिक्षक महासंघका जिल्ला अध्यक्ष अरबिन्द्र कुमार पाठक, जिल्लाका सातै वटा पालिका स्तरिय शिक्षक संघका अध्यक्षहरु, विभिन्न विद्यालयका प्राध्यानाध्यापक र शिक्षकहरुले स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारसङ्ग सम्बन्धि विभिन्न जिज्ञासा राख्नु भएको थियो ।
कार्यक्रममा बोल्दै संघका जिल्ला अध्यक्ष चापागाईले अब नेपाल शिक्षक सङले शैक्षिक गुणस्तर सुधार को नेतृत्व गर्नु पर्ने बताउनु भयो ।” गुणस्तर सुधारका लागी प्रबिधी मैत्रीपुर्ण शिक्षा, लागि एक शिक्षक एक ल्यापटप , बिधालय नर्स , विद्यार्थी मानसिक स्वास्थ, अभिभावक शिक्षा जस्ता कार्यक्रम स्थानिय पालिकाहरुले संचालक गर्नु पर्छ । त्यसका लागी सहकार्य गर्ने शिक्षक संघ तयार छ ।” चापागाईंले भन्नू भयो ।
कार्यक्रममा उपाध्यक्ष शिबा रेग्मीको स्वागत, अध्यक्ष भोजराज चापागाईंको अध्यक्षता र कार्यक्रमको सञ्चालन सहसचिव अर्जुन प्रसाद पाण्डेले गर्नु भएको थियो ।