प्लस टु पढ्ने विद्यार्थीको रोजाई बन्दै बुटवल दीपनगरको त्रिभुवन युनाइटेड एकेडेमी

प्रकाशित मिति:

बुटवल,१० असार ।    अबको एक दुई दिनमा एसईईको रिजल्ट आउंदैछ ।   रिजल्ट नआउंदै विद्यार्थीहरु प्लस टु पढाई हुने शिक्षण संस्था कुन राम्रो र आफूलाई सहज हुने खालको छ भनी राम्रा शिक्षण संस्थाबारे बुझिरहेका छन् ।

यसै क्रममा म्यानेजमेन्ट फ्याकल्टी अन्तरगत कम्प्युटर साइन्स, फाइनान्स, होटेल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेरिङ र मेजर इङलिस विषयहरु पढाई हुने बुटवल दीपनगरको त्रिभुवन युनाइटेड एकेडेमी सबै वर्गका विद्यार्थीको रोजाईमा परेको छ ।

बुटवलमा टुरिज्म एण्ड माउन्टेरिङ पढाई हुनेमा त्रिभुवन युनाइटेड अग्रपंक्तिमा छ । एसईई दिएर रिजल्टको पर्खामा बसेका विद्यार्थीहरु त्रिभुवन युनाइटेड एकेडेमीमा पढाई हुने विषयहरु,यहां लिइने शुल्क, छात्रवृत्ति,कलेजका विशेषताहरुबारे बुझ्न दिनहुं जसो उल्लेख्य संख्यामा संस्था भिजिट गर्न आउन थालेका भाइस प्रिन्सिपल रामचन्द्र बस्यालले बताए । एसईई दिएर बसेका बुटवल,सैनामैना,नवलपरासीसम्मका विद्यार्थीहरु आफ्नो कलेजमा हुने पढाई र सुविधाबारे बुझ्न दैनिकजसो उत्साहजनक संख्यामा आउने गरेका बस्यालले बताए । ‘विगतका वर्षमा भन्दा पनि उत्साहजनकरुपमा विद्यार्थी भिजटि गर्न आएका छन्, यहांको स्टुडेन्टफ्रेन्डली इन्भाइरन्मेन्ट,प्राक्टिकलबेस पढाई,अतिरिक्त क्रियाकलाप आदि कुरा जानकारी पाएपछि विद्यार्थीहरुले मन पराएका छन्’– भाइस प्रिन्सिपल बस्यालले बताए ।

कलेजले एसईईमा उत्कृष्ट अंक ल्याएका, गरीब तथा जेहेन्दारलाई सरकारको नियम अनुसार छात्रवृत्ति आदि सुविधा दिने गरेको छ,भूकम्प प्रतिरोधक सुविधासम्पन्न आफ्नै भवन,अनुशासित र पुर्णत शैक्षिक वातावरण,सुविधासम्पन्न कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याब,क्याफेटेरिया,कलेज बस,अंग्रेजी र नेपाली दुबै माध्यममा पढाई, कमजोर विद्यार्थीलाई विशेष गाइडेन्स,सुविधासम्पन्न ई लाइबे्ररी र लाइब्ररी,विद्यार्थीको चौतर्फी विकासका लागि नियमित अतिरिक्त क्रियाकलाप,नृत्य, संगीत,विभिन्न खेलकुद, योग अभ्यास, दक्ष र अनुभवी तथा विद्यार्थीमैत्री शिक्षकहरुका कारण विद्यार्थीको रोजाई बन्दै गएको प्लस टु तह प्रमुख गुरुदत्त पौडेलले बताए ।

गत वर्ष कक्षा ११ मा मात्रै ४ सय बढी विद्यार्थी भर्ना भएका र विद्यार्थीहरुको चाहना अनुसार संस्था अघि बढेकाले यस वर्ष विद्यार्थीको आकर्षण झने बढ्ने विश्वास लिइएको उनले बताए । विद्यालयको बारेमा बुझ्न आएकी नवलपरासी भूमहीकी छात्रा सुस्मा पाण्डेले त्रिभुवन युनाइटेड एकेडेमीमा स्टुडेन्ट फ्रेन्ड्ली निक्कै राम्रो शैक्षिक वातावरण रहेको र विद्यार्थीको रुचि अनुसारका सांगितीक,खेलकुद र अतिरिक्त क्रियाकलाप समेत हुने गरेको थाहा पाएपछि त्यही भर्ना हुने निधो गरेको बताइन् । ‘पढाई र एक्स्ट्र एक्टिभिटी सबै राम्रो छ भन्ने थाहा भयो, विद्यार्थीको पढाई मात्र होइन अन्य क्षमता विकास र नेतृत्व विकाश,अनुशासन सबैमा राम्रो रहेछ’–सुस्माले भनिन् ।

यस्तै बुटवल बेलबासका प्रवेश गिरी र सैनामैनाका अभिषेक गौतमले पनि बाहिरीरुपमा धेरै चर्चा र तामझाम नभएपनि त्रिभुवन युनाइटेड एकेडेमी सबै वर्गका विद्यार्थीका लागि सही गन्तव्य भएको आफूले महसुस गरेको बताए ।

कलेजले विद्यार्थीका अन्तरनिहीत प्रतिभा प्रष्फुटनका लागि खेलकुद, सांगीतिक कार्यक्रम, मेगा फुड फेस्टिबल लगायत बौद्धिक क्षमता प्रष्फुटन गर्ने अन्य कार्यक्रम समेत गरी विद्यार्थीको चौतर्फी क्षमता विकासलाई उच्च प्राथमिकता दिंदै आएको भाइस प्रिन्सिपल बस्यालले बताए ।                              – Advertorial Matter