विद्यार्थीहरु  सस्तो प्रचारवाजी र भीडको पछि नलागी प्यारमाउन्टलाई नै रोज्छन्  : प्लस टु  संयोजक अर्याल 

प्रकाशित मिति:
विगत २८ वर्ष देखि शिक्षा क्षेत्रमा आफ्नो अलग्गै पहिचान बोकेर यस क्षेत्रमा समर्पित शैैक्षिक प्रतिष्ठान यस प्यारामाउण्ट मा.वि को प्लस टु  संयोजक  लक्ष्मण अर्यालसँग कक्षा ११ र १२ को शिक्षासंग केन्द्रीत रहेर गरिएको कुराकानी : 
१. विभिन्न स्कुल कलेजहरुको भीडमा आफूलाई कसरी स्थापित गर्नुहुन्छ ?
आजको विज्ञान प्रविधिको युगमा पनि अधिकांश कलेजहरुले आउटडेटेड एजुकेसन सिस्टम  नै अँगालिरहेको सन्दर्भमा हामी अन्य संस्थाहरुभन्दा पृथक शैली र पहिचान बोकेर अघि बढेका छौँ ।  प्रविधिमैत्री  शिक्षालाई केन्द्र भागमा राखेर हामीले विद्यार्थीको रुचि र समयको माग अनुरुपको शिक्षा प्रदान गरेकाले पनि हामी अन्य संस्थाभन्दा भिन्न छाँै । वास्तवमा हाम्रो ट्रेडमार्क अथवा विशेषता  भनेकै आजको युग सुहाउँदो प्रविधियुक्त अनि सिपमूलक शिक्षा हो ।
२. विद्यार्थीहरु प्रविधिमा धेरै अगाडि छन् । यसका सकारात्मक–नकारात्मक पक्षहरु के के हुन् ?
२१ औँ शताब्दीमा प्रविधिमा अगाडि बढ्नु भनेको समयको हाँक र चुनौतिलाई सामना गर्नु हो । यस तहमा पढ्ने उमेर समूहका विद्यार्थीहरुले सही र गलत छुट्याउन सक्दैनन् । तसर्थ उनीहरुलाई सही ढंगको मार्ग–निर्देशनका माध्यमबाट सकारात्मक सोंचको विकास गरी (विस्तारै– विस्तारै) नकारात्मक भावको अन्त्य गर्न सकिन्छ ।
३. एसईईको रिजल्ट प्रकाशन भएको छ । विद्यार्थीहरुले प्यारामाउण्ट रोज्दै गर्दा के पाउँछन् त ?
यो ज्यादै समसामयिक र सान्दर्भिक प्रश्न छ । म बुँदागत रुपमा आफ्ना विचारहरु राख्न चाहन्छु ।
विषयगत योग्यता भएका, दक्ष र अनुभवी युवा शिक्षकहरुबाट नयाँ शिल्प– शैलीमा शिक्षण सिकाइ क्रियाकलाप गर्ने,
विषयगत फिल्ड भिजिटको व्यवस्था गरिएको,  रिपोर्ट राइटिङ,  प्रिजेन्टेसन जस्ता सिप सिकाउन आवश्यक प्रबन्ध गरिएको,
होटेल म्यानेजमेन्टका लागि  होटेल भिजिट तथा प्रयोगात्मक कक्षाको व्यवस्था गरिएको,
विज्ञान सङ्कायतर्फ उत्कृष्ट शैक्षिक सामाग्री र प्रयोगात्मक कक्षाको राम्रो व्यवस्था भएको, डिजिटल क्लास रुम, एसी जडित कक्षाकोठा र
प्रविधिमैत्री वातावरण र विद्यार्थीमैत्री तथा संस्कारयुक्त शिक्षा भएको,  विद्यार्थीमा अन्तर्निहित प्रतिभा विकासका लागि अतिरिक्त क्रियाकलाप
र  अतिरिक्त क्रियाकलापहरुको समुचित व्यवस्था गरिएको,
कक्षा १२ पछिको इन्ट्रान्स तयारी गराइने, रोबोटिक्स र आईटीको कार्यशाला  र तत्सम्बन्धी नियमित कक्षा सञ्चालन,
र  सुन्दर, शान्त, शैक्षिक वातावरण भएकाले धेरै विद्यार्थी र अभिभावकको रोजाई प्यारामाउन्ट बनेको छ ।
४. विगतका वर्षहरुको नतिजा कस्तो रहेको छ त ?
२०७९/२०८० नतिजा शत प्रतिशत रहेको थियो भने यस वर्ष पनि  त्यस्तै नतिजाको अपेक्षा गरिएको छ । विगतमा नेपालका प्रतिष्ठित क्याम्पस आईओएम  र पुल्चोक इन्जिनियरिङ क्याम्पसमा हाम्रा थुप्रै विद्यार्थीहरुले नाम निकाली पूर्ण छात्रवृत्तिमा अध्ययन गरेका छन् । यसका अतिरिक्त हाम्रा विद्यार्थीहरुले विदेशका प्रतिष्ठित विश्व विद्यालयहरुमा छात्रवृत्तिमा पढिरहेका छन् ।
५. अन्त्यमा, कक्षा ११ मा आउने नवागन्तुक विद्यार्थीहरुलाई के सन्देश दिन चाहनुहुन्छ ?
प्रथमतः म उज्ज्वल भविष्यको खोजीमा हिडेका विद्यार्थी भाइबहिनीहरुलाई सस्तो प्रचारवाजी र भीडको पछिभन्दा पनि आफ्नो व्यक्तिगत प्रगतिको लागि उपयुक्त अनि उच्च गुणस्तरयुक्त विद्यालयको छनोट गर्न अनुरोध गर्दछु । २१ औँ शताब्दीका विद्यार्थीलाई चाहिने खालको शिक्षा दिने विद्यालय बुटवलको वरिपरि सायद हामी मात्र हौँ । त्यसैले शहरको भीडभाडयुक्त र कोलाहलपूर्ण वातावरणबाट मुक्त सुन्दर, शान्त वातावरणमा अवस्थित प्यारामाउण्ट मा.वि. मा जोडिई ढुक्कका साथ आफ्नो करिअर र  भविष्य निर्माण गर्न अनुरोध गर्दछु ।