संस्थागत विद्यालयले समुदाय केन्द्रित स्वास्थ्य शिविर राखेपछि अभिभावक दङ्ग 

प्रकाशित मिति:
प्रकाश न्यौपाने
माघ १९ गते
नवलपरासी
। पश्चिम नवलपरासीमा संस्थागत विद्यालयले समुदाय केन्द्रित गरी स्वास्थ्य शिविर राखेपछि अभिभावकहरू दङ्ग परेका छन्। विद्यालयले आफ्नो वार्षिक उत्सवको पूर्व सन्ध्यामा बृहत स्वास्थ्य शिविर राखेको हो। स्वास्थ्य शिविरबाट करिब ७ सय जनाले स्वास्थ्य लाभ लिएका छन् ।


स्वास्थ्य सेवा लिन शिविरमा आउनु भएका अभिभावक कमल खनालले स्कूलले स्वास्थ्य शिविर राखेर राम्रो गरेको बताउनु भयाे। “यस्तै काम गर्नु पर्छ। शिविरले सर्वसाधारणलाइ सेवा पाउन सहज भएको छ।” खनालले भन्नु भयाे। खनाल मात्रै होइन स्वास्थ्य शिविरमा आफ्नो स्वास्थ्य परीक्षण गर्न आउनुभएका सूर्यनारायण पाठक समेत निजी विद्यालयले स्वास्थ्य शिविर राखेकोमा आश्चर्य हुनुभएको थियो। निजी विद्यालयहरूले नाफा कमाउने मात्रै गर्दैनन् भन्ने जोलन्त उदाहरण ग्लोबल एकेडेमीले पेश गर्न सफल भएको पाठकले बताउनुभयो । संस्थागत विद्यालयले विद्यार्थी शिक्षक शिक्षिका एवं अभिभावकहरूको सु- स्वास्थ्यमा चासो राखेर स्वास्थ्य शिविर आयोजना गरेको कार्यअन्य विद्यालयले समेत सिक्नुपर्ने उहाँको भनाइ छ।


वर्दघाट १० मा वेस्टर्न एजुकेसन रिसर्च सेन्टरबाट मार्फत ग्लोबल एकेडेमी सञ्चालनमा रहेको छ। सेन्टरका अध्यक्ष गोविन्दप्रसाद पौडेलले ग्लोबल एकेडेमी मार्फत शिक्षा दिँदै आइरहेको विद्यालयले विद्यार्थी शिक्षक र अभिभावकको स्वास्थ्यमा समेत चासो दिएको बताउनुभयो। उहाँ भन्नुहुन्छ -“शिक्षा मात्रै राम्रो भएर हुँदैन, स्वास्थ्य पनि राम्रो हुनु पर्छ भन्ने निजी विद्यालय सञ्चालन गरिरहदा स्वास्थ्य शिविर गरेका हौँ ।”  मेडीकल कलेजले प्रदान गर्ने सेवाकाे पहुंच देखि टाढा ग्रामीण भेगमा रहनु भएका लाई मेडीकल कलेजबाट प्रदान हुने स्वास्थ्य सेवा दिने उद्देश्यले शिविर गरिएको पौडेलकाे भनाइ छ।

विद्यालयले १६ औँ बार्षिकोत्सवको अवसरमा सामाजीक उत्तरदायित्व अन्तरगत स्वास्थ्य शिविरको आयोजना गरिएको संयोजक ईन्द्र ढकालले बताउनुभयो । युनिभर्सल कलेज अफ मेडिकल साईन्सको प्राविधिक सहयोगमा नाक, कान, घाँटी सम्बन्धी रोग, आँखा, दाँत सम्बन्धी रोग र महिलामा देखिने रोगहरुको परिक्षण शिविर संचालन गरिएको संयोजक ढकालको बताउनुभयो। शिविरमा स्वास्थ्य परिक्षण गर्नका साथै विशेषज्ञ डक्टरहरुको परामर्श र निशुल्क औषधीको समेत व्यवस्था रहेको थियो।


प्रयोगशालामा परिक्षण गर्नुपर्ने हरुकाे नमुना संकलन गरी मेडिकल कलेजमा लागिएको छ। मेडीकल कलेजमा परिक्षण गरी निशुल्क रुपमै रिपोर्ट उपलब्ध गराउने मेडीकल कलेजका प्रशासनिक कोडिनेटर तेजु के सीले बताउनु भयो।
शिविरमा स्वास्थ्य परिक्षण पश्चात थप उपचार गर्नुपर्ने विरामीका लागि निशुल्क यातायातको ब्यबस्था गरीएको छ। भोलि २० गते बिहान १० बजे थप उपचार गर्नु पर्ने बिरामी लिन बस आउने के.सी.ले बताउनु भयो। थप उपचार गर्नु पर्ने बिरामीहरुलाई प्रकृति हेरेर सम्पूर्ण उपचारमा लाग्ने शुल्कमा २० देखि ३० प्रतिशतसम्म छुटको ब्यबस्था गरिएको छ ।


ग्लोबल एकेडेमीका अध्यक्ष हरि अधिकारीले समाजमा निजी शैक्षिक संस्थाहरु नाफामुखी मात्रै हुन्छन् भन्ने भाष्य चिर्न शिविर गरिएको बताउनु भयाे। अधिकारीका अनुसार ग्लोबल एकेडेमीले विगतदेखि नै सामाजिक उत्तरदायित्व महसुस गरी समुदायलाई लाभ हुने खालका विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको बताउनुभयो ।”निजी शैक्षिक संस्थाहरूले केवल नाफा मात्रै कमाउँछन् सामाजिक उत्तरदायित्वमा चासो देखाउँदैनन् भन्ने बुझाइलाई चिर्न विगतका वर्षहरूमा जस्तै यस वर्ष करिब १० लाख लागतमा स्वास्थ्य शिविर आयोजना गरिएको हो । ” अधिकारीले भन्नुभयो । बर्दघाट नगरपालिका र सरावल गाउँपालिकालाई लक्षित गरेर स्वास्थ्य शिविर आयोजना गरिएको छ।

सामान्य खालका बिरामीहरूलाई एक हप्तासम्म पुग्ने औषधि दिने विद्यालयले बाट नै दिइएको छ।केही औषधि विद्यालयले तथा केही औषधि बर्दघाट नगरपालिका, बर्दघाट ९ र १० वडा कार्यालय, र बर्दघाट ९ मा रहेको सुलभ फार्मेसीका सञ्चालक बाबुराम तिमल्सिनाले औषधि सहयोग गर्नुभएको अधिकारीले जानकारी दिनुभयो।


विद्यालयका प्रिन्सिपल मणी शर्माले बार्षिकोत्सवको अवसर पारेर स्वास्थ्य शिविरकाे आयोजना गरिएको र विद्यार्थी, अभिभावक र आम समुदायको उल्लेखनीय उपस्थिति रहेको बताउनु भयो। ” स्वास्थ्य शिविर मार्फत संस्थागत विद्यालयले पनि समुदायलाई लक्ष्यित गरेर काम गर्न सकिन्छ भन्ने उदाहरण ग्लोबलले दिएका छौं।” शर्माले भन्नु भयाे।