तिलोत्तमा, माघ २० । रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा आइतबार छात्रवृत्ति वितरण गरिएको छ । अक्षयकोष दाताहरुले स्थापना गरेको ६५ वटा छात्रवृत्तिबाट करीव १ करोण १७ लाखको मुल धनबाट छात्रवृत्ति वितरण गरिएको हो । पढाई तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट नतिजा दिने तथा अभिभावक विहिन बालबालिकाहरुलाई छात्रवृत्ति वितरण गरिएको विद्यालयका सहायक प्रधानाध्यापक दिपेन्द्र शाक्यले जानकारी दिनुभयो ।
विद्यालयका अध्यक्ष शरद भट्टराईको अध्यक्षता, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंको प्रमुख आतिथ्यता तथा कक्षा ११–१२ का संयोजक राजेन्द्र के.सी.को सञ्चालनमा कार्यक्रम भएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले विद्यालयले सञ्चालन गरेका गतिविधिहरुको बारेमा अवगत गराउँदै पुण्य कार्यमा योगदान पु¥याउने अक्षयकोषदाताहरुलाई आभार व्यक्त गर्नुभयो ।
यसअघि आइतबार बिहान प्रभातफेरि कार्यक्रम गरिएको छ । विद्यालयमा क्रियाशिल १७ वटा क्लवको सहभागितामा मणिग्राम आसपासमा प्रभातफेरि कार्यक्रम गरिएको संयोजक रजनी के.सी. ले जानकारी दिनुभयो ।
वार्षिकोत्सवको मुल कार्यक्रम माघ २१ गते सोमबार हुनेछ । वार्षिकोत्सवका अवसरमा पुरस्कार वितरण एवम् सम्मानका कार्यक्रम, नानी मुखपत्रको विमोचन, पि.टि. प्रदर्शनी, सांस्कृतिक कार्यक्रम गरिने विद्यालयका सहायक प्रधानाध्यापक लोकनाथ कंडेलले जानकारी दिनुभयो ।