सकरात्मक सोच सहितको नेतृत्व विकास कार्यक्रम

प्रकाशित मिति:

अहिलेको मंहगो जीवन शैली, क्षमता नभएपनि स्तरीय जीवन जिउने सबैलाई इच्छा, गरिबी ,पारिवारिक विचलन, लागूपदार्थ सेवन,सामाजिक सञ्जालको दुरुपयोग , प्रेममा असफलता जस्ता कारणले मानसिहरुमा मानसिक बिचलन भइ आत्महत्या बढिरहेको हुदाँ त्यसलाई रोकी हाम्रो जीवनशैली सुखी र खुसी बनाउने उद्वेश्यले सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा सकरात्मक सोच सहितको नेतृत्व विकास कार्यक्रम सम्पन्न भएको छ । वयरघारी स्थित सिटीहलमा सञ्चालन भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि , पूर्व मन्त्री तथा गण्डकी प्रदेश सभा सदस्य सरस्वती तिवारी अर्यालले महिलाहरु समाजको नेतृत्व लिन सकरात्मक सोच सहित बहुआयामिक क्षेत्रको क्षमता विकास गरी अगाडि बढ्नुपर्ने बताउनु भयो । उहाँले परिवारमा सुख र शान्त वातावरण बनाउँदै आफूमा परेको समस्याहरु आफ्ना अभिभावक र अग्रजलाई बताएर सहज ढंगबाट समस्याको समाधान गर्नु पर्ने बताउनु भयो ।

भिरकोट नगरपालिका नगरप्रमुख गोविन्द कुमार कर्मचार्यले हाम्रो जीवनमा दुख र सुख भोगीरहनु पर्दछ दुखमा नआतिएर सुखमा नमात्तिएर सफलता प्राप्तिमा नेतृत्व विकास गर्दै सफलता हासिल गर्नु पर्ने बताउनु भयो ।भिरकोट नगरपालिका उपप्रमुख भगवती रेग्मी अर्यालले सकरात्मक सोचले व्यक्तिमा आत्मविश्वास, उत्साह सँगै व्यक्ति कठिन परिस्थितिमा पनि सहजता र सकारात्मकता राख्न सहयोग गर्ने बताउनु भयो । उहाँले महिलाहरु मुलकको विकास र समृद्धि को लागि हरेक क्षेत्रमा नेतृत्व विकास गर्दै जानुपर्ने कुरामा जोड दिन भयो ।सकरात्मक सोच शीर्षकमा मधु अधिकारीले सकरात्मक रुपमा निरन्तरको मिहेनतबाट सफलताको शिखरमा पुग्न सकिने बताउँदै हामीले जिन्दगीमा धेरै दुख गर्यौ भनेर।गुनासो गर्छौ तर त्यसबाट प्राप्त सफलता सम्झेर सुन्दर जीवन जिउनु पर्ने कुरा बताउनु भयो । , आत्महत्या न्यूनीकरण विषयमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रवेश तिवारीले सहजिकरण गर्दै स्याङ्जा जिल्लामा २०८१ सालको श्रावण देखि फाल्गुन महिनासम्म मात्रै १४ महिला र २४ पुरुषले आत्महत्या गरेका हुँदा परिवार, समुदाय,सरकारी र गैरसरकारी निकायबाट जनचेतनामूलक कार्यक्रम निरन्तर गर्दै जानु पर्ने र मनोपरामर्श सहितको उपचारले यसलाई निराकरण गर्न सकिने बताउनुभयो ।

सकरात्मक सोच सहित जिन्दगी सरल, सहज गरी लामो समयसम्म जिउन मनोपरामर्शदाता विजय राईले तथा बोल्ने कला र नेतृत्व विकास बारे प्रशिक्षक भवानी अधिकारीले प्रशिक्षण गर्नुभएको थियो । कार्यक्रममा भिरकोट नगरपालिका नगर प्रवक्ता दिपेन्द्र के।सी।, वडाअध्यक्षहरु आफ्नो धारणा व्यक्त गर्नु भएको थियो । कार्यक्रममा १२० जना स्वास्थ्य आमा समूह , स्वमसेविकाहरु सँगै जनप्रतिनिधि , कर्मचारी उपस्थित रहनु भएको थियो ।कार्यक्रमका अध्यक्षता गर्नुभएको कार्यालय प्रमुख जीवन पौडेलले सकारात्मक सोचका कारण व्यक्तिको व्यवहारमा सहिष्णुता, विश्वास, करुणा, मृदुता र इमानदारी जस्ता सद्‌गुणहरू बढ्छन्, जसले जीवनलाई समृद्ध र सन्तुलित बनाउन सहयोग गर्ने बताउनु भयो ।कार्यक्रमको सञ्चालन भिरकोट नगरपालिका बालबालिका सहजकर्ता विष्णुमाया काफ्लेले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।