सिद्धार्थ गौतमबुद्ध क्याम्पस सञ्चालक समितिको अध्यक्षमा पुनः लाकौल

प्रकाशित मिति:

बुटवलको सिद्धार्थ गौतमबुद्ध क्याम्पस सञ्चालक समितिको अध्यक्षमा पुनः निर्मल लाकौल निर्वाचित हुनु भएको छ । शनिबार भएको क्याम्पस सभा (अधिवेशन)ले उहाँलाई पनि सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । क्याम्पस सभाले लाकौलको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरिएको क्याम्पस प्रमुख गोपालप्रसाद चापागाईले जानकारी दिनुभयो ।(अधिवेशन)मा प्रमुख अतिथी नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले विदेशी विद्यार्थीलाई पनि नेपालमा पढ्न छात्रबृत्ति प्रदान गरेर आकर्षित गर्नुपर्ने बताउनुभएको छ । उहाँले नेपालका विश्वविद्यालय तथा क्याम्पसहरुमा बिदेशी बिद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सके बिदेशीको आर्कषण समेत बढ्ने उल्लेख गर्नुभयो । नेपालका युवा बिद्यार्थीलाई देशमै रोक्न पढ्दै कमाउन मिल्ने गरी शिक्षा नीति लिनुपर्ने उहाँको भनाइ छ ।

बुटवलको सिद्धार्थ गौतमबुद्ध क्याम्पसको क्याम्पस सभा (अधिवेशन)को शनिबार उद्घाटन गर्दै क्याम्पस व्यवस्थापन समितिका संस्थापक अध्यक्ष समेत रहनुभएका खाँणले शिक्षालाई सीप र सीपलाई रोजगारीसंग जोड्नेगरी तीनै तहका सरकारले नीति बनाउन र नीति अनुसारका कार्यक्रम ल्याउन आग्रह गर्नुभएको हो ।त्यस अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवल बहुमुखी क्याम्पस र लुम्बिनी बाणिज्य क्याम्पस भन्दा पृथक हुनेगरी सिद्धार्थ गौतमबुद्ध क्याम्पस स्थापना गरिएको बताउँदै पृथक पहिचान स्थापित गर्न क्याम्पस प्रशासनलाई आग्रह गर्नुभयो ।क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष निर्मलप्रसाद लाकौलले प्राप्त भएका सुझावका आधारमा थप कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै क्याम्पस व्यवस्थापन समितिका पदेन सदस्य बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले विद्यार्थीलाई आकर्षण गर्नेगरी विषयगत हिसावले नविनतम शैक्षिक कार्यक्रम सञ्चालन गर्न सुझाव दिँदै विषयगत क्रियाकलापमा संघले सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष तथा पूर्व क्याम्पस प्रमुख कृष्णलाल जोशी, क्याम्पस प्रमुख गोपालप्रसाद चापागाई, पब्लिक क्याम्पस प्राध्यापक संघका रामनाथ उपाध्याय, पब्लिक क्याम्पस कर्मचारी संघका ओमभद्र गौतम लगायतले भनाई राख्नुभएको थियो ।