सत्तरी बर्षिया हरिजनलाई सामुदायिक वनले घर र मन्त्रीले मिटर दिएपछि मन्नै उज्यालो 

प्रकाशित मिति:
प्रकाश न्यौपाने
बैशाख २३ गते
नवलपरासी । आज भन्दा करीब ४० बर्ष अघि देखी बर्दघाट १२ मा स्थायी बसोबास गर्दै आइरहेकी चानमती हरीजनको नाउमा न जग्गा न घर केही पनि थिएन । एक छोरा र दुई छोरीकि आमा रहेकी हरीजनको कुनै आम्दानीको श्रोत समेत छैन । एकल महिला हरिजनको आम्दानीको स्रोत र जग्गा नै नहुदा उनीको घर बनाउने सपना त कल्पना समेत गरेकी थिइनन् ।

बर्दघाट नगरपालिका वडा नम्बर १२ का स्थानीय महेन्द्र काफ्लेको पहलमा बर्दघाट २ मा रहेको चिसापानी सामुदायिक वनले घर बनाइदियो । काफ्लेले चानमतीका लागि बजार मूल्य करिब १० लाख रुपैयाँ पर्ने जग्गा दान गर्नु भयो । चिसापानी सामुदायिक वनका कार्यसमितिमा समेत रहनु भएका काफ्लेकै संयोजनमा २५ दिनभित्र करिब ६ लाख ३० हजार रुपैयाँको लागतमा पक्की घर निर्माण गरिदियो। त्यसपछि सोमबार हरिजनलाई घर हस्तान्तरण गरियो ।

उमेरले ७० बर्ष काटेकी हरिजन भन्नुहुन्छ “घरले जा जा भन्यो, वनले आइज आइज भन्ने बेलामा घर बन्यो ,” हरिजनले आँखा रसाउँदै भनिन्, “ आम्दानीको कुनै पनि स्रोत नै नभएको र आफ्नो नाममा समेत कुनै पनि जग्गा भएकाले घर मेरो सपना मात्रै थियो । अब भने घरको सपना साकार भएको छ।” करीब ४० बर्ष देखी बर्दघाट १२ मा बसोबास गर्दै आइरहेकी हरीजन जीवन कहाली लाग्दो थियो। श्रीमान् नभएको, छोराछोरी भए पनि रोजगारीको टुंगो नभएको अवस्था। एक छोरा र दुई छोरीकि आमा हरीजनले यति बेला  सरकारले दिने जेष्ठ नागरिक भत्ता बाहेक अरु केहि पनि आम्दानी छैन । आम्दानीको स्रोत नै सरकारले दिने हो त्यो पनि ३/४ महिनामा आउछ रासन पानी तेसैबाट चलाउदै आएकी छ । मैले यो भत्ताबाट जनतन खाने गरीकी छु । कहाँ र कसरी घर बनाउथ्ये र मैले न मेरो जग्गा थियो न मेरो अरु कमाइ नै ।


घरको चाबी पाएपछि सोच्दै नसोचेको भएको भएको उल्लेख गर्दै हरिजनले भनिन् ” को आयो के भयो मैले धेरै कुरा भन्न पनि जन्दिन गह भरी आँसु बनाउदै भन्निन भगवान छन भन्छन् हो रहेछ । “कसले के गर्यो, कसरी गर्यो, म केही जान्दिन,” हरिजनले भन्छिन्, “तर भगवान् छन् भन्ने लाग्यो।” लामो जीवन साधा झुपडीमा बस्दै आएकि हरिजनको अबको जीवन पक्की घरमा बित्ने भएको छ । सादा बोली र सजिलो मनकी चानमतीको घरसहितको जीवन अब फेरिएको छ।


मन उज्यालो भयो, घर अँध्यारो”
करिब ६ लाख ३० हजा लागतमा घर बनेर पाएकी हरिजनको मन खुसी देखिन्थ्यो । घर हस्तान्तरण कार्यक्रममा भेटिएका मन्त्रीलाई हरिजनले भन्निन “घर त बन्यो । मेरो मन त उज्यालो भयो तर घर उज्यालो भएन मन्त्रीज्यु भन्दै लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारलाई गुनासो गरिन । घर पाएपछि चानमतीले भने, “घर त बन्यो, घरको मेरो सपना पूरा भयो, मन उज्यालो भयो तर घर उज्यालो भएन।” मन्त्री कलवार सामुन्ने गुनासो गरेकी । सामुदायिक वनले बनाएको घरमा बिद्युतको मिटर जडान भएको छैन । विद्युत जडान नहुदा घर अध्यारो छ । मनको उज्यालोले घर उज्यालो भएन मन्त्रीज्यु के गर्ने होला ? हरिजनले मन्त्रीलाई गुनासो गरिन । उनले तत्कालै मन्त्रीको व्यक्तिगत खर्चमा विद्युत मिटर जडान गरिदिने आस्पासन दिनु भयो ।

त्यस्तै लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री कलवारले आफू मन्त्री भएको ६ कार्यकालमा सामुदायिक वनबाट यस्तो सराहनीय काम भएकोमा खुसी व्यक्त गर्नु भयो । गरीबीको उत्थानका लागि यति राम्रो कार्यक्रममा पहिलो पटक सहभागी भएको उल्लेख गर्नु भयो । सामुदायिक वन हरुले धेरै जना गरिवीबाट उत्थान गर्न सकिने मन्त्रीको दाबी छ ।

 डिभिजन वन कार्यलय नवलपरासीका प्रमुख वन अधिकृत पंगेनीले भने, “सामुदायिक वनले अब यस्ता प्रत्यक्ष प्रभाव पार्ने काममा केन्द्रित हुनुपर्छ।” नवलपरासीका सामुदायिक वनहरुले विद्यालय, प्रहरी चौकी, अस्पतालजस्ता संस्थामा पनि फर्निचर तथा आर्थिक सहयोग गर्दै आइरहेका चिसापानी सामुदायिक वनका अध्यक्ष होम बहादुर गुरुङ्गले बताउनु भयो । चानमती हरिजनको जीवनमा घर मात्र बनेको छैन, बनको नाममा भरोसा बनेको छ। सामुदायिक वनको यस्तो मानव–केन्द्रित पहलले विकासको अर्थ मात्र बदलिदिएको छैन, विश्वासको अर्थ पनि विस्तार गरेको छ।

घर हस्तान्तरण समारोह समूहका अध्यक्ष होमबहादुर गुरुङको अध्यक्षता, लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार र डिभिजन वन कार्यालय नवलपरासीका प्रमुख वन अधिकृत जीवन पंगेनीको प्रमुख लगायतले बोल्दै सामुदायिक वनहरुले गरीब उन्मुलनमा योगदान गर्नु पर्ने उल्लेख गरेका छ्न ।