प्रकाश न्यौपाने
बैशाख २३ गते
नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने खण्डको सडक सामान्य वर्षाले समेत अवरुद्ध बन्न थालेपछि यात्रुहरु आजित बनेका छन्। वर्षासँगै सडक चिप्लो र हिलाम्य बन्ने भएकाले सवारीसाधन चिप्लिएर दुर्घटनाको जोखिम बढेको छ भने घण्टौँसम्मको जामले यात्रुहरूलाई गन्तव्यमा समयमै पुग्न कठिन भइरहेको छ।
दाउन्ने सडक खण्डमा घन्टौं जाममा पर्ने पर्ने बाध्यताका कारण सवारी साधन चलाउने चालकहरुलाई सामान्य जस्तै भएको छ । सैनामैना ४, रुपन्देहीका ३९ बर्षिय सुदिप सुनारले भन्नु भयो अस्ति शनिबार दिउँसो २ बजे दाउन्ने सडकमा आएको उल्लेख गर्दै भन्नु भयो ” ४/५ घण्टा त अस्ति शनिबार दाउन्ने सडक खण्डमा लाग्यो । यहा त ४/५ घन्टा त अलि अलि पानी पर्यो कि जाम भैहाल्छ ।” शनिबार आएका सुनार मंगलबार बिहान फेरि काठमाडौको यात्रामा लागेको उल्लेख गर्दै आज त बिहान पानी पर्ला जस्तो थिएन घरबाट हिड्दा सुनवल आउदा ९ बजे हल्का पानी पर्यो हतास मानसिकतामा सुनारले भन्नु भयो । “पानी पर्यो भने पछि दाउन्ने कै डर लाग्छ, दाउन्ने कति बेला पुगिन्छ कति जाममा बस्नु पर्छ र कति बेला दाउन्ने पार गरिएला भन्ने चिन्ता नै चिन्ताले सताउछ ।”
दाउन्ने सडक खण्डको नवलपरासी बर्दघाट सुस्ता पुर्व अन्तरगत पर्ने विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर २ मा पर्ने विश्वकर्मा मन्दिर र पैँसट्ठी मोडमा सडक अत्यधिक हिलाम्य भएपछि सवारी सञ्चालनमा पूर्णरूपमा अवरुद्ध भएको छ । मंगलबार बिहान परेको पानीले सडक हिलाम्मे भएको र सवारी साधनको टायर नै चिप्लिएकोले सडक अवरुद्ध भएको हो । पूर्वी नवलपरासीतर्फ अरुणखोला र पश्चिमतर्फ बर्दघाटदेखि नै सवारी सञ्चालनमा अवरोध हुदा हजारौं यात्रुहरुको यात्रा नै अन्यौल भएको छ ।

दाउन्ने सडक अवरुद्ध हुदा चालकलाई मात्रै होइन सवारीलाई समेत दाउन्ने कै चिन्ता छ । पानि पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्य हुने दाउन्ने सडकले यात्रुलाई समेत निकै सास्ती दिएको छ । दाउन्ने सडक खण्डमा नै सवारी जाममा परीरहेका ५३ बर्षिय असोक चौधरी औषधि गर्ने काठमाडौ हिडेको बताउदै डाक्टरले मंगलबार ६ बजे अस्पतालमा बोलाएको उल्लेख गर्दै अहिले सम्म दाउन्नेकै जाम रहेको र कति बेला काठमाडौ पुग्ने हो अत्तोपत्तो नभएको बताउनु भयो । दाउन्ने बाट काठमाडौ पुग्न नै करिब ६ घन्टा लाग्ने उल्लेख गर्दै उहाले काठमाडौ जाने कि दाउन्ने बाटै फर्किने अन्यौलमा रहेको बताउनु भयो । ” काठमाडौ जाउ भने डाक्टर बोलाएको समयमा पुगिने भइन अब काठमाडौ जादा भोलि डाक्टर भेटिन्छ कि भेटिदैन्न ?” प्रश्न गर्दै चौधरीले भन्नु भयो ।
जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार, उकालो र ओरालोमा सवारीसाधन चिप्लिने जोखिम अत्यधिक भएकाले नियमित सञ्चालन असम्भव जस्तै भएको उल्लेख गर्नु भयो । दाउन्ने सडक खण्डमा सडक अवरुद्ध हुदा ट्राफिक ब्यवस्थापन समेत चुनौती पुर्ण देखिएको छ ।
सम्झौता भएको ७ बर्ष पूरा हुन लागेको छ भने पटकपटक म्याद थप भएको छ । सम्झौता पहिले नै भएको हो । सम्पन्न पनि हुनु पर्ने हो तर सम्झौता भयो सम्झौता अनुसार काम भएन । काम नहुदा सडक अन्यौलमा नै भएको छ । सडक कहिले बन्छ भन्ने अहिले सामान्य पानी मा त सडक हो हालत यस्तो छ, बर्षामा कस्तो होला कसरी यात्रा गर्ने होला ? आम यात्रुको प्रश्न छ !
सडक मर्मतका लागी भन्दै राति ६ घण्टा बन्द गरेर सडक विस्तार कार्य भइरहेको दाउन्ने सडकबारे आयोजनाको पश्चिम खण्डका प्रमुख शशांक मिश्र भन्नुहुन्छ , “आगामी असारसम्म धेरैजसो काम सक्ने लक्ष्यसहित निर्माण अघि बढिरहेको छ। पछिल्लो समय तीब्र गतिमा सडक मर्मतको काम भएको छ ।”
यद्यपि दैनिकजसो सडक अबरुद्ध हुने गरेको र जाममा फस्दा यात्रुले सास्ती भोग्नु परिरहेको छ। बर्दघाटका व्यवसायी बर्दघाट ब्यापार संघका अध्यक्ष राजु न्यौपाने भन्छन्, “घण्टौं जाममा फस्दा यात्राको तितो अनुभव लिनुपर्छ, व्यवसाय पनि प्रभावित भइरहेको छ।” किनमेल गर्ने यात्रुले समेत यात्राको कारण किनमेल कम गरेका छ्न । सडक अवरुद्धका कारण के कहि खर्च हुन्छ भन्ने बिषय नै निश्चित नभएकाले यात्रुहरुले किनमेल नगरेको ब्यवसायीहरुको भनाइ छ ।
हाल सडक निर्माणमा केही गति देखिए पनि मनसुन सुरु भएसँगै निर्माण कार्य फेरि प्रभावित हुने देखिएको छ। स्थानीयवासी तथा यात्रुहरूलाई झरी सुरु भएपछि लामो समयसम्म यातायात अवरुद्ध हुनसक्ने चिन्ता थपिएको छ।










