
सांसद भुसालद्वारा दाउन्नेको वैकल्पिक मार्गका लागि बजेट माग
प्रकाशित मिति:

प्रकाश न्यौपाने
बैशाख २६ गते
नवलपरासी । प्रतिनिधिसभा सदस्य सरिता भुसालले बर्दघाट नगरपालिका वडा नम्बर १० को भुताहादेखि आम्बास हुँदै दुम्किबास जोड्ने वैकल्पिक मार्गका लागि बजेट विनियोजन गर्न माग गर्नु भएको हो ।
शुक्रवार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद भुसालले करिब १५ किलोमिटर लामो उक्त सडकलाई प्राथमिकतामा राखी बजेट विनियोजन गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनु भएको होला ।
दाउन्नेको वैकल्पिक मार्गका रूपमा निर्माण प्रक्रिया अघि बढाइएको भए पनि पर्याप्त बजेटको अभावमा सडकले पूर्णता नपाएको उल्लेख गर्दै उनले लुम्बिनी र गण्डकी प्रदेश जोड्ने यो मार्गले पहाडी ग्रामीण भेगका नागरिकलाई सडक सञ्जालमा जोड्ने विश्वास व्यक्त गर्नु भयो ।
“सडकले न केवल आवागमन सहज बनाउनेछ, बरु बर्दघाट क्षेत्रको हिल्स टुरिजम प्रवर्द्धनमा पनि टेवा पुर्याउनेछ,” भुसालले भन्नु भयो । भुताहा, संसारकोट, पटुके, डाँडाँजोर हुँदै दुम्किबाससम्म साना सवारीका लागि सहज वैकल्पिक मार्ग तयार पार्दा दाउन्ने खण्डको वर्तमान यातायात समस्यामा राहत पुग्ने उहाको भनाइ छ ।
हालको अवस्थालाई उल्लेख गर्दै उनले सामान्य वर्षामा समेत यात्रुहरू घण्टौँ जाममा बस्न बाध्य हुने अवस्थालाई हटाउन वैकल्पिक मार्ग निर्माण आवश्यक रहेको उल्लेख गर्नु भयो । सांसद भुसालले यसअघि पनि दाउन्ने सडक खण्डका समस्याबारे सदनमा निरन्तर आवाज उठाउँदै आएकी छन्।

थप समाचार
हरेक पालिकामा फर्मासिष्टको दरवन्दी अनिवार्य गर्न माग
५५ मिनेट अघि