२०८२ सालको भित्तेपात्रो विमोचन, व्यवसायी हितमा विभिन्न कार्यक्रम र योजना सार्वजनिक
प्रकाश न्यौपाने
बैशाख २७ गते
नवलपरासी । नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा नवलपरासीको पाँचौं वार्षिक साधारण सभा शनिबार बर्दघाटमा सम्पन्न भएको छ। सभामा २०८२ सालको भित्तेपात्रो विमोचन गरिनुका साथै औषधि व्यवसायीका हकहितमा विभिन्न कार्यक्रम र आगामी योजनाहरू प्रस्तुत गरिएको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेश अध्यक्ष लुकराज न्यौपानेले स्वास्थ्य बीमाका कारण औषधि व्यवसायीहरू समस्यामा परेको उल्लेख गर्दै बीमा गरिएको व्यक्तिलाई औषधि बिक्रीपछि व्यवसायीको रेकर्डका आधारमा राज्यले भुक्तानी गर्नुपर्ने माग राख्नु भयो । उहाले राज्यको अभिभावकीय भूमिकाको आवश्यकता औंल्याउँदै औषधि व्यवसायमा संघीयताको प्रभाव नदेखिएको गुनासो गर्नु भयो । सघियता आएको धेरै बर्ष भयो, हाम्रो व्यवसायमा सघियताले छोएन अहिले पनि हामी दर्ता, नवीकरण तथा अन्य कामका लागि काठमाडौ नै जानु पर्ने बाध्यात्मक अवस्था रहेको छ ।” न्यौपानेले भन्नु भयो ।
यसैगरी, संघका पूर्व अध्यक्ष शिव ज्ञवालीले राज्यले औषधि व्यवसाय सहायक तालिम दिने घोषणा गर्दै पनि अझै कार्यान्वयन नभएको बताउँदै फार्मेसिष्टहरूको कारण तालिम रोकिएको उल्लेख गर्नु भयो । उहाले औषधि व्यवसायीहरू मात्रै मुल्य प्रिन्टसहितको शुद्ध आर्थिक कारोबारमा संलग्न व्यवसाय भएको उल्लेख गर्दै राज्यको विशेष ध्यान आवश्यक रहेको बताउनु भयो । अनुगमनका नाममा बारम्बार दुःख दिने प्रवृत्तिको आलोचना गर्दै सहभागीहरूले अनुगमन गर्दा व्यवसायीको धर्म र मर्म बुझेर गर्नुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष डा. हेमन्त राज न्यौपानेले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै औषधि व्यवसायलाई मर्यादित, संवेदनशील र जोखिमयुक्त व्यवसायको रूपमा व्याख्या गर्दै संघले विगत वर्षमा नियमित बैठक, क्यालेन्डर प्रकाशन, ज्ञापनपत्र बुझाउने, घरदैलो भेटघाट र क्षमता वृद्धिका कार्यक्रम सञ्चालन गरेको जानकारी दिनु भयो । आगामी दिनमा व्यवसायी हितकारी कोष स्थापना, भवन निर्माणका लागि जग्गा प्राप्ति, निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम गर्ने योजना रहेको उहाले बताउनु भयो ।
महासचिव बाबुराम तिमिल्सिनाले संघको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै २०७६ साल साउन २५ गते पहिलो अधिवेशन भएको संघमा हाल ४ जना थोक र ९५ जना खुद्रा सदस्य रहेको जानकारी दिनु भयो। उहाले हालसम्म १० वटा बैठक बसेको उल्लेख गर्दै सस्थाले ब्यवसायीक हक हितमा रहेको काम गरिरहेको उल्लेख गर्नु भयो । कोषाध्यक्ष अवधेश यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संघले १ लाख ८८ हजार ८५५ आम्दानी र १ लाख ३६ हजार ६८१ खर्च गरेको जानकारी दिनु भयो ।
उपाध्यक्ष राजकुमार चौधरीले स्वागत रहेको कार्यक्रमको सञ्चालन महासचिव तिमिल्सिना र अध्यक्षता अध्यक्ष हेमन्त न्यौपानेले गर्नु भएको थियो ।