प्रकाश न्यौपाने
जेष्ठ १ गते
नवलपरासी । बजार क्षेत्रमा आगलागीका घटनाहरु बढ्न थालेपछि उद्योग ब्यापार संघ बर्दघाटले सार्वजनिक रुपमा निशुल्क प्रयोग गर्ने गरी अग्नी नियन्त्रक यन्त्र राख्ने अभियान सुरु गरेको छ । बुधबार बर्दघाट बजारबाट अभियानको सुरु गरिएको हो ।
बुधबार बर्दघाट बजारका ८ स्थानमा अग्नी नियन्त्रक यन्त्र राखिएको हो । आगलागीका कारण उद्योगी ब्यापारी संगै जोसुकैले ठुलो धनजनको क्षती बेहोर्नुपर्ने अबस्था नआओस भन्ने उद्देश्यले अभियान सुरु गरिएको उद्योग ब्यापार संघ बर्दघाटका अध्यक्ष राजु न्यौपानेले बताउनुभयो । उहाँले सावैजनिक रुपमा निशुल्क प्रयोग गर्न सकिने भएकोले आग्लागीका घटना घटे तत्काल आफुलाई पायक पर्ने स्थानबाट अग्नी नियन्त्रक यन्त्र लगेर प्रयोग गर्न सकिने बताउनुभयो । यो योजना अभियानको थालनी उद्योग ब्यापार संघले सुरु गरे पनि सबैको साझा अभियान भएकोले यस अभियानमा जोडिन चाहने जुनसुकै संघ संस्था, ब्यक्तिहरु संग सहकार्य गर्न तयार रहेको भन्दै यसलाई सफल बनाउनका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने उहाँको भनाई छ । संघमा आबद्ध उद्योगी ब्यबसायीहरुले आ–आफुले ब्यक्तिगत रुपमा रकम उठाएर अभियानको थालनी गरिएको उहाँले जानकारी दिनुभयो ।
आगजनी जन्य घटनाबाट हुनसक्ने सम्भावित जोखिमलाई मध्यनगर गर्दै अभियान संचालन गरेकोमा उद्योगी ब्यबसायी र आम सर्वसाधारणले खुसी ब्यक्त गरेका छन् । आगामी दिनमा पनि उद्योगी ब्यबसायीका समस्या पहिचान गर्दै बजार चलायमान गराउने क्षेत्रमा आबश्यक कार्यक्रम गर्नकालागि ब्यसायीहरुले आग्रह गरेका छन् । उद्योगी ब्यबसायीहरुको हितका लागि खुलेको संस्था भएकोले संस्थागत स्वार्थ भन्दा माथी उठेर उद्योगी ब्यबसायीका पक्षमा काम गर्नुपर्ने उनीहरुको धारणा छ ।
संघको अभियानलाई समर्थन गर्दै अभियान चलाएकोमा अर्जुन मिष्ठान्न भण्डार बर्दघाटका संचालक अर्जुन पाण्डेले धन्यवाद ब्यक्त गर्नुभयो । संघका कार्यसमिति सदस्य सन्तोष गौतमले आफुले प्रयोग गर्दै आएको अग्नी नियन्त्रक यन्त्र संघ माताहत रहनेगी सार्वनिक रुपमा निशुल्क प्रयोग गर्न मिल्ने गरी उपलब्ध गराउनुभयो । दाउन्ने दुध डेरीका संचालक उमेश सापकोटाले पनि संघको अभियानमा जोडिदै आफुले प्रयोग गरेको यन्त्रलाई सबैले प्रयोग गर्न सकिने गरी संघलाई उपलब्ध गराउनुभयो ।
ब्यबसायी ओमप्रकाश डुम्रेले स्थापनका कालको छोटो अबधीमै संघले रचनात्मक र अत्यावसेक कम सुरु गरेकोमा आफुको सदैब साथ रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो । ब्यबसायी लक्ष्मण भट्राईले अभियानलाई थप ब्यापक बनाएर अगाडि लैजानुपर्ने बताउँदै त्यसका लागि आफ्नो तर्फबाट सहयोग रहने बताउनुभयो । अर्का ब्यबसायी बासुदेव अधिकारीले आगलागीका कारण जुनसुकै वेला क्षति हुनसक्ने खतरा रहेकोमा संघले चालेको अभियानले धेरै ठुलो सहयोग पुग्ने धारणा ब्यक्त गर्नुभएको थियो ।
होटल तथा रेष्टुरेन्ट ब्यबसायी संघ नवलपरासीका बरिष्ठ उपाध्यक्ष भरत कंडेलले उद्योग ब्यापार संघ बर्दघाटको अभियानमा आफुहरु पनि हातेमालो गर्ने बताउनुभयो । पहिलो चरणमा यन्त्रहरु राख्ने काम गर्ने र लगत्तै त्यसको प्रयोगका बारेमा बृहद कार्यक्रम आयोजना गरी डेमोस्ट्रेसन गरिने संघका बरिष्ठ उपाध्यक्ष दिनेश न्यौपानेले बताउनुभयो । न्यौपानेले यस अभियानमा सबैले हातेमालो गर्दै ब्यापक रुपमा अगाडि बढ्नेमा आफु आसावादी भएको बताउनुभयो । महासचिव नारायण भण्डारीले धेरै औपचारिक कार्यक्रम भन्दा छिटो छरितो ढंगबाट उद्योगी, ब्यबसायी र उपभोक्तामैत्री कामहरु प्राथमिकताका साथ गरिने बताउनुभयो ।
अभियान निरन्तर संचालन हुने र बर्दघाट बजार मात्र नभई चिसापानी, पञ्चनग, भटौलिया, जिमिरेभार, कुकुरमारा लगायतका क्षेत्रमा पनि अग्नी नियन्त्रक यन्त्रहरु राखिने संघले जनाएको छ । अभियानमा जोडिन संघले आव्हान समेत गरेको छ ।










