बर्दघाट ८ बालमैत्री घोषणा, तिनवटा वडा बालमैत्री

प्रकाशित मिति:
प्रकाश न्यौपाने
जेष्ठ ११ गते

नवलपरासी । बर्दघाट नगरपालिका वडा नम्बर ८ बालमैत्री घोषणा भएको छ । ८ नम्बर बालमैत्री स्थानीय शासन घोषणा भएसंगै तीन वटा वडा बालमैत्री घोषणा भएका हुन । आइतबार बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट ८ लाई बालमैत्री वार्ड घोषणा गर्नु भएको हो ।


१६ वटा वडा रहेको नगरमा ‘बालबालिकामा लगानी, ल्याउँछ सुनौली विहानी’ भन्ने मुल नाराका साथ बर्दघाट नगरपालिकामै तेस्रो बालमैत्री वडाको रुपमा वडा नम्बर ८ घोषणा भएको हो । कार्यक्रममा बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले आगामी ३ बर्ष भित्र नगरलाई बालमैत्री घोषणा गर्ने तयारीका साथ बर्दघाट नगरपालिका अगाडि बढेको बताउनु भयो । “बालबालिका विरुद्ध हुने सबैखाले हिंसाहरु, यातनाहरु, भेदभाव, शोषणबाट मुक्त गराई सभ्य, सुन्दर र समृद्ध नगर बनाउन सबै नगरबासीले सहयोग गर्नुपर्नेमा श्रेष्ठले जोड दिनुभयो । आजका बालबालिका भोलिका कर्णदार भएको हुदा अब बालबालिकाहरु युवा भइरहदा नेपालमा नै जिबिकोपार्जन सहित सुन्दर भबिस्य बनाउने बालमैत्री घोषणा सभा कोषेढुङ्गा साबित हुने नगर प्रमुख श्रेष्ठले उल्लेख गर्नु भयो । बालमैत्री स्थानीय शासनको मार्फत स्थानीय स्तरमा हुने हरेक कार्यक्रममा बालबालिकाको सहभागिता बढाउँदै लगिने श्रेष्ठको भनाइ छ ।


कार्यक्रममा नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले बालबालिकाले आफुलाई सुरक्षित महसुस गरेमा बालमैत्री घोषणाको मर्मले सार्थकता पाउने बताउनु भयो । उहाले बालमैत्री घोषणा भएपछि आउने विभिन्न चुनौतीहरु नगर र वडाको सयुक्त पहलमा सामना गर्दै बालमैत्री स्थानीय शासन कायम गर्दै यस उपलब्धिहरुको रक्षा गर्दै सरक्षण गर्नु पर्ने आवश्यकता रहेको उल्लेख गर्नु भयो ।

कार्यक्रममा बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख प्रकाश खनालले बालमैत्री स्थानीय शासन अनुसार समुदायले स्वमित्व लिदै बालमैत्री कायम गर्नु पर्नेमा जोड दिनुभयो । स्थानीय सरकारले घोषणा गरेको बालमैत्री घोषणा समुदायले कायम गरी बालबालिकाका अधिकार शुरक्षित गर्दै अगाडि बढ्नु पर्ने खनालको भनाइ छ।

२०७६ देखि बालमैत्री अभियान सुरु गरेको वडामा ४ वटा टोलमा ३ सय ६० घर परिवारमा १ हजार ७ सय ३७ जनसंख्या रहेको वडा अध्यक्ष कबिराज आचार्यले जानकारी दिनु भयो । ४ सय २४ जना १८ बर्ष मुनिका बालबालिकाहरु रहेको उल्लेख गर्दै उहाले सबै बालबालिकाहरु शिक्षा र प्राथमिक स्वास्थ्यको पहुँचमा रहेको जानकारी दिनु भयो ।  सक्षम व्यक्ति बनाउन र समृद्धि प्राप्तीका लागि बालबालिकामा लगानी गरेर वालमैत्री बनाउने उद्देश्यका साथ वडा बालमैत्री बनाउन लागिएको वडा अध्यक्ष आचार्यले बताउनु भयो । वडाले बालमैत्री स्थानीय शासन कार्यन्वयन निर्देशिका- २०७८ र बालमैत्री स्थानीय शासन घोषणा कार्यबिधि -२०७९ अनुसारका ५१ वटा सुचकहरु पुरा गरेको छ । वडाले बाल बचाउको क्षेत्रमा १४ सुचक, संरक्षणको क्षेत्रमा १० वटा सुचक, बाल बिकासमा ६ वटा सुचक, सहभागीमा ६ र सस्थागतमा जम्मा १५ वटा गरि ५१ वटा सुचक पूरा गरेको वडा अध्यक्ष आचार्यले बताउनु भयो । बाल सरक्षण र बाल बिकासमा केही चुनौती रहेको उल्लेख गर्दै आचार्यले नगर र वडाले निरन्तर अनुगमन गर्नु आवश्यक रहेको बताउनु भयो ।

वडा नम्बर १, ६, ७ र १४ मा यहि आर्थिक बर्ष भित्रमा बालमैत्री घोषणा गरिने बर्दघाट नगरका बालमैत्री फोकल प्रर्सन माधव ज्ञावालीले बताउनु भयो । बालबालिका मैत्री दिगो बिकासका लागि ५ बर्षिय रणनीतिक योजना बनाइ अगाडि बढेको उल्लेख गर्दै ज्ञवालीले अभिभावकहरुले सचेत भएर बालबालिकाहरुसङ्ग ब्यवहार गर्नु पर्ने भनाइ राख्नु भयो ।

कार्यक्रममा बालमैत्री सहजकर्ता शर्मीला पौडेलले उमेर नपुगी विबाह गर्ने, लागु औषध र सुर्ती जन्य पदार्थको बिक्री बितरणमा केहि चुनौती रहेको उल्लेख गर्दै यसको न्यूनीकरणमा लाग्नु पर्ने धारण राख्नु भयो । उहाले बालबालिकालाई गरिने र भनिने ब्यवहार अभिभावकले नै आफ्नो बालबालिका के कस्तो चहानुहुन्छ तेस्तै ब्यवहार गर्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्बर ८ को बालबालिकाको स्थितिपत्र २०८२ को समेत बिमोचन गरिएको छ अधारभुत स्वास्थ चौकीका प्रमुख ज्ञान प्रसाद न्यौपानेले जानकारी दिनु भयो । वडाको यथार्थ बस्तुस्थिती, बालबालिकाको अवस्था, शिक्षा र स्वास्थ्यको अवस्था, खोपको अवस्था र बालमैत्री स्थानीय शासनका सुचकहरुको विवरण समेटिएको न्यौपानेले उल्लेख गर्नु भयो । कार्यक्रममा बालबालिकाले विभिन्न भेषभुसामा नाचगान र बाजको समेत प्रस्तुति रहेको थियो ।

कार्यक्रममा बालकल्ब, बाल सन्जालका प्रतिनिधि,  जनप्रतिनिधि, स्थानीय वडा बासीहरु उपस्थिति रहेको थियो । बर्दघाट नगरपालिकाका वडा नम्बर ९, ५ र ८ गरी तिन वटा वडा बालमैत्री घोषणा भएको छ ।