प्रकाश न्यौपाने
जेष्ठ १३ गते
नवलपरासी। सुस्ता गाउँपालिकाद्वारा आयोजित गाउँपालिका स्तरीय माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला र प्राबि स्तरीय निबन्ध लेखन प्रतियोगितामा राष्ट्रिय माबि छिवनीले प्रथम स्थान हासिल गर्न सफल भएको छ ।
प्रतियोगितामा मुस्कान आर्याल (राष्ट्रिय मा. वि. छिबनी) प्रथम, पियुश कोइरी (महेन्द्र मा. वि. कुडिया) दोस्रो, जया भण्डारी (न्यू लिटल बुद्ध ई.बो. फेचुहा) तेस्रो र मिलन हरिजन (क्यानल सेन्टर ई.बो.), समिर कोइरी (नरसही नारायणी बिच हे.ई.बो.) नरसही सान्त्वना स्थान हासिल गर्न सफल भएका छ्न ।
त्यस्तै सुस्ता गाउँपालिका स्तरीय प्रा. वि. तह स्तरीय निबन्ध लेखन प्रतियोगितामा समेत राष्ट्रिय माबि छिवनी प्रथम भएको छ । सुमन हरिजन (राष्ट्रिय मा. वि. छिबनी ) प्रथम, कुशल भण्डारी ( न्यू लिटल बुद्ध ई.बो. फेचुहा ) दोस्रो, आशिका डुम्रे ( क्यानल सेन्टर ई.बो. ) तेस्रो र कृपान भण्डारी ( माउन्ट एभरेस्ट ई.बो. ) सान्त्वना स्थान हासिल गरेका छन ।
प्रतियोगितामा सहभागी भएका सबै विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै अध्यक्ष टेक नारायण उपाध्यायले गाउपालिकाले शिक्षालाई प्राथमिकताका साथ अगाडि बढाएको उल्लेख गर्नु भयो । ” सुस्तामा अब्बल नतिजा र उत्कृष्ट अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्न गाउपालिका लागिरहेको छ ।” अध्यक्ष उपाध्यायले भन्नु भयो । पुरस्कार बितरण गर्दै अध्यक्ष उपाध्यायले आगामी दिनमा अझ सशक्त प्रस्तुति दिन प्रोत्साहन गर्नु भयो ।
विद्यार्थीका अन्तरनिहित क्षमता प्रस्फुटन गर्न सहयोग गरेको राष्ट्रिय माबि छिवनीका प्रअ अर्जुन पाण्डेले बताउनु भयो । उहाँले गाउपालिकाले शिक्षामा चासो बढाएको उल्लेख गर्दै पछिल्लो समय विद्यालयहरुको नतिजामा सुधार हुदै विद्यालयका अतिरिक्त क्रियाकलापमा अब्बल भएका बताउनु भयो ।
प्रतियोगितामा सुस्ता गाउपालिकामा रहेका सामुदायिक र सस्थागत विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए।