बुटवल, १४ जेठ । बुटवल हस्पिटल प्राली र दाङ–रुपन्देही सम्पर्क बिचमा सेवा लिनदिने सम्बन्धमा सम्झौता भएको छ । समाजका सदस्यहरुलाई हस्पिटलको सेवामा छुट दिने गरि सम्झौता पत्रमा बुधबार दुबै पक्ष बिच हस्ताक्षर भएको हो ।अस्पतालमा परिसरमा एक समारोहका बिच बुधबार हस्पिटलका अध्यक्ष चुन्नुप्रसाद पौडेल र समाजका अध्यक्ष रेशम बहादुर महराले एक वर्षसम्म सेवा दिने गरि सम्झौतापत्रमा हस्ताक्षर गरे ।कार्यक्रममा हस्पिटलका अध्यक्ष चु्न्नुप्रसाद पौडेलले बुटवलमा आफुहरु २४ वर्षदेखी गुणस्तरीय स्वस्थ्य सेवा दिदै आएको बताए । पछिल्लोसमय पूर्वाधारसमेत विकास गरि सुविधासम्पन्न र गुणस्तरीय सेवालाई ब्यवस्थित गर्न सफल भएको उनले बताए । ‘अस्पतालले बेग्लै पहिचान बनाउन सफल भएको छ ।’–उनले भने । दुई दर्जन बढी विशेषज्ञ चिकित्सकहरुबाट हाल सेवा दिदै आएको उनले बताए । स्वस्थ्य क्षेत्रमा धेरै विकृतिहरु रहेको भन्दै यसलाई चिर्ने गरि आफुहरु लागेको समेत बताए ।
शिक्षामा अगाडी रहेको रुपन्देहीलाई स्वस्थ्य क्षेत्रमा हब बनाउन धेरै का मगर्न बाकी रहेको उनको तर्क छ । यस क्षेत्रमा बढ्दो जनसंख्याका कारण पनि उपचार दिने अस्पतालको अभाव रहेको भन्दै अझै सुविधासम्पन्न अस्पताल खुल्न जरुरी रहेको उनले बताए ।कार्यक्रममा समाजका अध्यक्ष रेशम बहादुर महराले संस्थागत रुपमा सहकार्यलाई आगामी दिन थप प्रगाढ बनाउने प्रतिवद्धता जनाए । हाल अस्पतालको बेड चार्ज, क्याबिन, अपरेसन, ल्याब, भिडियो एक्सरे, फिजियोथेरापी लगायतमा सुविधा दिने महत्वपूर्ण सम्झौता भएको उनले बताए ।कार्यक्रममा अस्पतालका मेसु डा. कृष्ण खनाल, अस्पतालका प्रशासन प्रमुख विक्रम खड्का, डा. चन्द्रकान्त शर्मा, समाजका महासचिव रमा सुवेदीले अस्पतालबाट सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई समेत आगामी दिनमा सहकार्य गर्ने बताए ।










