दिव्यज्योतीमा नबिल एसएसइबाट ५० जना दिक्षित, तेस्रो सेसन सुरु

प्रकाशित मिति:

 

प्रकाश न्यौपाने
जेष्ठ २२ गते
नवलपरासी । पश्चिम नवलपरासीको दिब्यज्योती बहुमुखी क्याम्पसमा नबिल एसएसइबाट पहिलो र दोस्रो सत्रमा गरि ५० जना दिक्षीत भएका छ्न । आज दोस्रो सेसनको प्रशिक्षण लिनु भएका २५ जना एक कार्यक्रमका बीच दिक्षित हुनु भएको हो ।


नबिल एसएसइको तेस्रो सेसनको कक्षाको शुभारम्भ कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य तथा उद्योगपति विनोद चौधरीले देशको वर्तमान आर्थिक अवस्था जटिल रहेको बताउनु भयो । अहिलेको आर्थिक अवस्थाबाट उद्यमशिलताबाट देशले निकास पाउने धारणा राख्नु भयो ।


व्यवसायीहरूले चुनौतीका बाबजुद पनि उद्योग धन्दा सञ्चालन गरिरहेको बताउदै उहाले नयाँ व्यवसाय सञ्चालन गर्ने युवाहरूले समस्यालाई अवसरमा परिणत गर्नुपर्ने आवश्यकतामा जोड दिनु भयो । बर्दघाटको दिब्यज्योती बहुमुखी क्याम्पसमा आयोजित नबिल एसएसइको पहिलो र दोस्रो सेसनलाई प्रमाण पत्र बितरण तथा तेस्रो सेसनको मार्ग निर्देशन कार्यक्रममा बोल्दै सांसद चौधरीले राजनीतिलाई सेवा मान्नुपर्ने धारणा राख्नु भयो । उहाले भन्नुभयो , “आर्थिक रूपमा सम्पन्न व्यक्तिले आफू मात्र होइन, समाजको समग्र विकासतर्फ ध्यान दिनुपर्छ।”


कार्यक्रममा बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले नवील एसएसई (School of Social Entrepreneurship) कार्यक्रममार्फत युवाहरूलाई स्वदेशमै अवसर खोज्न प्रेरित गरिएको जानकारी दिनु भयो । “अब बर्दघाटको रूपान्तरण सुरु भएको छ। नगरपालिकाले युवालाई रोजगारमुखी तालिमहरू सञ्चालन गरिरहेको छ,” नगरप्रमुख श्रेष्ठले बताउनु भयो । उहाले सीप भएका युवाहरू जहाँ पनि रोजगार पाउन सक्ने धारणा व्यक्त गर्नु भयो ।


नबिल एसएसइ दिब्यज्योती बहुमुखी क्याम्पसमा २०८० माघ १३ गतेदेखि सञ्चालन भएको हो । नबिल एसएसई कार्यक्रमको सयोजक मणि पाण्डेका अनुसार व्यवसायिक ज्ञान, नेटवर्किङ, उद्यममा देखिने समस्या र समाधान, उद्यमशीलताको सोच निर्माण लगायतका विषयमा प्रशिक्षण दिइँदै आएको छ। पाण्डेले जानकारी दिए अनुसार, एउटा सेसन तिन महिनाको हुन्छ, जसमा जम्मा १४ दिन कक्षा सञ्चालन हुन्छ। हालसम्म ५० जना विद्यार्थी दीक्षित भइसकेका छन् भने १२ जनाले नयाँ व्यवसाय सुरु गरेको उल्लेख गर्नु भयो ।


नबिल बैंकका डेपुटी जर्नरल म्यानेजर गणेश प्रसाद अवस्थीले विदेश जाने युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलतासँग जोड्ने लक्ष्यका साथ एसएसई कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो । “नेपालका ११ वटा कलेजमार्फत करिब १ हजार युवालाई कार्यक्रमसँग जोडिएको छ,” अवस्थीले भन्नुभयो ।


क्याम्पस प्रमुख सागरमणि पाण्डेले स्वागत गर्दै नबिल एसएसइको माध्यामबाट थप सिकाइ भएको उल्लेख गर्दै क्याम्पसको थप नया उचाई हासिल भएको बताउनु भयो । क्याम्पसमा पश्चिम नवलपरासीका सबै पालिकाका विद्यार्थिहरुको केन्द्र बिन्दु बनेको पाण्डेले बताउनु भयो । नया उद्यमीलाई लक्ष्यित गरेर कार्यक्रमहरु सञ्चालन हुदा विद्यार्थीहरुको ड्रप आउटको रोसीयोलाई कम हुने पाण्डेले बताउनु भयो ।


कार्यक्रममा पश्चिम नवलपरासीका विभिन्न पालिकाबाट सहभागी विद्यार्थीहरूले एसएसईले आफूहरूलाई उद्यम सुरु गर्न उत्प्रेरणा दिएको प्रतिक्रिया दिएका छन्। प्रकाश चापागाईंले प्रतिक्रिया दिदै व्यवसाय प्रर्वद्दन गर्दै ४ वटा शाखा सञ्चालन गरेको बताउनु भयो । त्यस्तै शिव भण्डारीले प्रशिक्षणपछि व्यवसायमा आउने नवीनता सोचको बिकास, बित्तीय व्यवस्थापन र समय ब्यवस्थापनका जस्ता कुरा सिकेर आफ्नै व्यवसायलाई ब्यवस्थित गरेका छन । कार्यक्रम क्याम्पस अध्यक्ष पुण्य प्रसाद पौडेलको अध्यक्षतामा रहेको सञ्चालन प्रसान्त भुर्तेलले गर्नु भएको थियो ।