राइजिङ ग्रुप चापाकोटमा लालबहादुर थापा अध्यक्ष र गोपिकृष्ण रेग्मी सचिव चयन

प्रकाशित मिति:

५ मंसिर चापाकोट – स्याङ्जा— चापाकोटस्थित द राइजिङ ग्रुप चापाकोटको नयाँ नेतृत्व चयन भएको छ। समिति विस्तारसहित गरिएको वैठकमा अध्यक्षमा लालबहादुर थापा र सचिवमा गोपिकृष्ण रेग्मी सर्वसम्मत रूपमा चयन हुनुभएको छ।२०७८ सालमा द राइजिङ ग्रुप चापाकोट नाममा दर्ता भई सामाजिक सेवा तथा होलि विशेष सांस्कृतिक कार्यक्रमलगायत गतिविधि गर्दै आएको संस्थाले ३ वर्ष कार्यकालको लागि कार्यसमिति विस्तार गरेको हो। समितिको अध्यक्षमा लालबहादुर थापा वरिष्ठ उपाध्यक्ष भैरवसिंह ठकुरी प्रथम उपाध्यक्ष चुत्रबहादुर मल्ल,द्वितीय उपाध्यक्ष अनिल थापा ,सचिव गोपिकृष्ण रेग्मी सह–सचिव सन्तोष थापा (चरी)कोषाध्यक्ष विवेक राना सह–कोषाध्यक्ष अश्विन पंगेनी सदस्यहरू अञ्जान शाही,अवतार पोखरेल,सञ्जिव मल्ल,प्रकाश माझी,सुजन भुषाल,पेशल पौडेल,आकाश सारु, विशाल थापा संस्थाका अनुसार अबका दिनमा चापाकोटका १० वटै वडामा वडा समिति गठन तथा विभिन्न सामाजिक कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइनेछ।

द राइजिङ ग्रुपले विगतदेखि नै रगत संकलन, बिरामीहरूका लागि आर्थिक सहयोग, राहत संकलन तथा युवाहरूमा बढ्दै गएको दुर्व्यसन–कुलत विरुद्ध सचेतना कार्यक्रम जस्ता सामाजिक गतिविधि गर्ने उदेश्यले सस्था स्थापना गरिएको थियो।