
लायन्स क्लब अफ बुटवल क्षितिजद्वारा लियो टि-शर्ट विमोचन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न ।
लायन्स क्लब अफ बुटवल क्षितिजको आयोजनामा लायन्सद्वारा निर्मित लियो टिसर्ट रिलिज एवं हस्तान्तरण कार्यक्रम एक कार्यक्रमका बीच सम्पन्न भएको छ। बुटवल कालिका नगर स्थित होराइजन स्कुलमा सम्पन्न उक्त कार्यक्रम लायन्स क्लब अफ बुटवल क्षितिजका अध्यक्ष आविष्कार खनालको अध्यक्षता लायन्स डिस्ट्रिक्ट ३२५ पी का डिजी इलेक्ट बालाराम भट्टराईको प्रमुख आतिथ्यता लायन्स डिस्ट्रिक्ट ३२५ पी का एरिया ३ का एरिया चिफ शान्ति पाठक पाण्डेको विशिष्ट अतिथ्यता एवं लायन्स क्लब अफ बुटवल क्षितिजका पूर्व अध्यक्ष एवं लायन वर्ष २०२५ २६ का लागि लायन्स डिस्ट्रिक्ट ३२५ पि का रिजनसिप लोकेन्द्र लिम्बूको आतिथ्यतामा सम्पन्न भएको थियो। लायन्स क्लब अफ बुटवल क्षितिजका फर्स्ट भिपी डा.श्री खरेलको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा लायन्स क्लब अफ बुटवल क्षितिजद्वारा लियो क्लब अफ बुटवल क्षितिजका लागि निर्माण गरिएको लियो टिसर्ट रिलिज गर्दै कार्यक्रमका प्रमुख अतिथि लायन्स डिस्ट्रिक्ट ३२५ पि का डिजी इलेक्ट बालाराम भट्टराईले लायन्स क्लब अफ बुटवल क्षितिजले हालसम्म गरेका सम्पूर्ण कार्यहरू उत्कृष्ट रहेको बताउँदै लियोलाई सँगसँगै लिएर हिँड्नु र लियोका लागि यति राम्रो टिसर्ट निर्माण गरी हस्तान्तरण गर्नु निकै उत्कृष्ट कार्य भएको बताउनुभयो ।
कार्यक्रममा लियो क्लब अफ बुटवल क्षितिजकी अध्यक्ष लियो वर्षा काफ्लेले लायन्स क्लब अफ बुटवल क्षितिजले लियो क्लब अफ बुटवल क्षितिजलाई कुशल अभिभावकत्व प्रदान गरेको बताउँदै क्लबका अध्यक्ष आविष्कार खनाल लगायत सिङ्गो लायन्स क्लब अफ बुटवल क्षितिजलाई धन्यवाद ज्ञापन गर्नुभयो। कार्यक्रममा प्रमुख अतिथि भट्टराईको हातबाट लियो अध्यक्ष लगायत उपस्थित सम्पूर्ण लियोहरुलाई टिसर्ट प्रदान गरिएको थियो जुन लियो क्लबको पहिचान र एकताको प्रतीकको रूपमा प्रस्तुत गरिएको थियो। उक्त कार्यक्रमको सञ्चालन क्लबका सचिव प्रदीप गुप्ताले गर्नुभएको थियो।सेवा, नेतृत्व र एकताको सन्देश बोकेको उक्त कार्यक्रमले लायन्स लियो क्षितिजको पहिचानमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको छ।”Dream Believe Achieve ” भन्ने मूल नारालाई आत्मसात गर्दै, क्लबले युवाहरुलाई सेवामार्फत नेतृत्व विकासमा प्रेरित गर्ने दिशामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।