नवलपरासीमा अत्यधिक गर्मीका कारण विद्यालय बन्द

प्रकाशित मिति:
प्रकाश न्यौपाने
जेष्ठ २७ गते

नवलपरासी । पश्चिम नवलपरासीमा अत्याधिक गर्मीका कारण पठनपाठनमा असहज भएकोले विद्यालय बन्द गरिएको छ । आज मंगलबार एक सूचना जारी गर्दै प्रतापपुर गाउँपालिकाले आगामी जेष्ठ २७ देखि ३० गतेसम्म विद्यालय बिदा घोषणा गरेको छ।


गाउँपालिका प्रमुख उमेशचन्द्र यादवले अत्यधिक गर्मी र पठनपाठनमा असरका कारण यो निर्णय गरिएको बताउनु भयो । बर्खे बिदाबाट मिलान हुने गरि गर्मी बिदा दिइएको प्रमुख यादवले जानकारी दिनुभयो। उहाले विद्यार्थी तथा शिक्षकहरूको स्वास्थ्य र सुविधालाई ध्यानमा राखेर नै यो कदम चालिएको उल्लेख गर्नु भयो ।


स्थानीय विद्यालयहरूमा गर्मीको प्रकोप बढ्दै गएपछि यस्तो निर्णय लिइएको हो। मौसम विभागले पनि यस क्षेत्रमा आगामी केही दिनसम्म तापमान बढ्ने अनुमान गरेको छ।