घरेलु मदिरामा कर लगाएर शिक्षा क्षेत्रमा खर्च गरौं : उपसभापति गुरुङ

प्रकाशित मिति:

काठमाडौ । नेपाली काङ्ग्रेसका उपसभापति पुर्व मन्त्री धनराज गुरुङले सरकारले शिक्षकसंग गरेको सम्झौता पुरा गर्नुपर्ने बताउनु भएको छ ।नेपाल शिक्षक संघले बिहिवार काठमाडौमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सरकारले शिक्षकसंग गरेका बाचा पुरा गर्नुपर्ने बताउनु भएको हो । उहाँले भन्नुभयो ू पुरा गर्न नसक्ने सम्झौता गर्नु हुँदैन,त्यसैले सरकारले शिक्षकसंग गरेको बाचा पुरा गर्नुपर्छ । त्यहीँ सम्झौता अनुसार असार १५ भित्रै शिक्षा विधेयक आउने गरि काम भैइरहेको भन्दै शिक्षकहरुलाइ ढुक्क हुन आग्रह गर्नुभयो । आर्थिक अवस्थाका कारण शिक्षकहरुका माग पुरा गर्न गाह्रो हुन्छ भन्ने बेलाबेलामा अनौपचारिक सुन्ने गरेको प्रसङ्ग जोड्दै सरकार सम्झौता बाट पछि हट्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो ू शिक्षकहरुका माग पुरा गर्न देशको अर्थतन्त्रले भ्याउदैन भन्ने पनि बेला बेलामा सुन्ने गरेको छु । अर्थ छैन भनेर सरकार खुम्चिएर बस्ने होईन,अर्थ बनाउन लाग्नुपर्छ ।ू अर्थतन्त्र उकास्न आफुले आफ्नो मन्त्री परिषदको पालामा गरेको काम र संसदमा पटकपटक उठाउने गरेको कुराको स्मरण गराउदै करको दायरामा नआएको घरेलु मदिरालाई करको दायरामा ल्याएर शिक्षा क्षेत्रमा खर्च गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो ू घरेलु मदिरा अहिले पनि प्रयोग भैइरहेको छ, त्यहीँ मदिरालाई करको दायरामा ल्याउ र त्यसबाट उठ्ने राजस्व शिक्षा क्षेत्रमा खर्च गरौं । यत्ति गर्न सके घरेलु मदिरा पनि व्यवस्थित हुने र शिक्षा क्षेत्रमा खर्च गर्ने पैसा छैन भन्न पनि नपर्ने ।ू