प्रकाश न्यौपाने
असार ५ गते
नवलपरासी । निरन्तरको वर्षाका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विनयी खोलामा बनाइएको डाइभर्सन बग्दा र दाउन्ने खण्ड चिप्लो हुँदा सडक बन्द भएको हो।
करिब ३५ घण्टा देखि सवारी साधनहरु लामो जाममा परेका छ्न । जाम हुदा हजारौं यात्रुहरुको यात्रा अन्यौल भएको छ । पुर्वी नवलपरासीका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा सूचना अधिकारी मधु नेपालका अनुसार विनयी खोलामा रहेको पुल केही महिनाअघि भत्किएको थियो। त्यसपछि सवारी सञ्चालनका लागि डाइभर्सन बनाइएको थियो। तर गएरातिदेखि परेको अविरल वर्षाका कारण उक्त डाइभर्सन बगाएको र सवारी आवागमन अवरुद्ध भएको जानकारी दिनु भयो ।
त्यस्तै, दुम्कीबास–दाउन्ने सडक खण्डका विश्वकर्मा मन्दिर, घ्यूखोला लगायतका स्थानहरूमा सडकमा हिलो र चिप्लोपन बढेपछि सवारीसाधन सञ्चालनमा गम्भीर कठिनाइ भएको नेपालले उल्लेख गर्नु भयो ।
नेपालले राजमार्ग सञ्चालनमा सहजता नआएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न यात्रु र सवारी साधनहरूलाई आग्रह गर्नु भएको छ । उहाका अनुसार, पूर्वबाट पश्चिमतर्फ जाने यात्रुले नारायणघाट–मुग्लिङ–पोखरा–स्याङ्जा–बुटवल मार्ग प्रयोग गर्न सक्नेछन्। यस्तै, काठमाडौंबाट पश्चिम जानेलाई पनि यही मार्ग प्रयोग गर्न सुझाव दिइएको छ। पश्चिमबाट पूर्व फर्कने सवारीले पनि बुटवल–स्याङ्जा–पोखरा–मुग्लिङ मार्ग अपनाउन नेपालले सुझाव दिएका दिनु भयो ।
साना सवारीसाधनहरूका लागि भने कालीगण्डकी करिडोर अन्तर्गत गैँडाकोट (नवलपुर)–पिपलडाँडा (पाल्पा) मार्ग पनि वैकल्पिक रूपमा प्रयोग गर्न सकिने नेपालको भनाइ छ।