प्रकाश न्यौपाने
असार ७ गते
नवलपरासी । लेखाशास्त्र विषयमा अध्यापन गराउँदै आएका शिक्षकहरूका लागि विशेष वर्कसप तालिम सम्पन्न भएको छ। हिस्टुन नवलपरासीको आयोजनामा र बुटवल बुक्स मार्टको सहकार्यमा आयोजित तालिममा पश्चिम नवलपरासीका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत ३० जना लेखाशास्त्र शिक्षकहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा हिस्टुनका सचिव छबिलाल आचार्यले निकट भविष्यमा शिक्षा ऐन आउने र सो ऐनमार्फत शिक्षाक्षेत्रका थुप्रै समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो। तालिममा कक्षा ११ र १२ का लेखाशास्त्र पुस्तकका लेखक रोहित बहादुर पौडेलले सहजीकरण गर्नु भएको छ । कार्यक्रममा कक्षा शिक्षण, पाठ्यक्रम, पाठ्यपुस्तक, प्रश्न उत्तर जस्ता बिषयमा शिक्षकहरुले प्रश्न गर्नु भएको थियो । शिक्षकहरुको प्रश्नको जवाफ दिदै पौडेलले शिक्षकले कक्षा शिक्षण गर्दा विद्यार्थीहरुमा प्रश्न उब्जाउ सक्नु पर्ने बताउनु भयो । ” विद्यार्थीमा प्रश्न निर्माण भए पछि सृजनशिलताको बिकास हुन्छ । अहिलेको कक्षा शिक्षणबाट विद्यार्थीको सृजनशिलतामा वृद्धि हुनु सक्नु पर्छ ।” पौडेलले भन्नु भयो । उहाँले नयाँ शैक्षिक ढाँचा अनुसार लेखाशास्त्र शिक्षण विधिमा प्रयोग गर्न सकिने व्यवहारिक पक्षहरूबारे प्रशिक्षण दिनुभएको थियो।
हिस्टुन नवलपरासी जिल्लाको शैक्षिक गतिविधिलाई प्रभावकारी रुपमा अघि बढाउन विभिन्न कार्यक्रमहरु आयोजना गरिएको हिस्टुन नवलपरासीका सचिव शिव शर्माले बताउनु भयो । ” बिषय शिक्षण गर्ने शिक्षक, विद्यार्थी तथा अभिभावक केन्द्रिय कार्यक्रमलाई आगामी दिनमा पनि सञ्चालनको गर्ने योजना रहेको शर्माले उल्लेख गर्नु भयो ।
हिस्टुन नवलपरासीका अध्यक्ष पुरन गुरुङको अध्यक्षता, शिव पौडेलको सञ्चालन र निर्मल पन्थीले स्वागत रहेको थियो ।