तिलोत्तमा, असार १३ । सामाजिक विकास डिभिजन कार्यालय रूपन्देहीको आयोजनामा स्काउट प्रशिक्षण तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश स्काउट कार्यालयको समन्वय तथा तिलोत्तमा नगरपालिका र शान्ति नमुना मा.वि. मणिग्रामको व्यवस्थापनमा सञ्चालित प्रशिक्षणमा तिलोत्तमा नगरपालिका अन्तरगतका विद्यालयका अध्यक्षहरु, प्रधानाध्यापकहरु, शिक्षकहरु तथा विद्यार्थीहरुकोे सहभागिता रहेको थियो ।
तिलोत्तमा नगरपालिका स्काउट संयोजक तथा शान्ति नमुनाका स्काउट मास्टर पारेश्वर चापागाइको अध्यक्षता तथा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरदेवी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा शान्ति नमुनाका प्रधानाध्यापक कुलप्रसाद लामिछाने, गौतम बुद्ध मा.वि.का प्रधानाध्यापक मृगेन्द्र रिजाल, शंकरनगर दुर्गादत्त मा.वि.का प्रधानाध्यापक चण्डी प्रसाद पाण्डे, विद्यार्थी महिमा खनाल लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा मुख्य प्रशिक्षक पारेश्वर चापागाई र प्रशिक्षक डिल्लीराज पौडेलले सहजिकरण गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन दुर्गादत्त घिमिरेले गर्नुभएको थियो ।