कस्तो बोली बोल्नु हुँदैन ? हेर्नुहोस् आजको नीति वचन २०७५ पौष २१ गते, शनिबार !
नारुन्तुदः स्यादार्तोऽपि न परद्रोहकर्मधीः ।
ययास्योद्विजते वाचा नालोक्यं तामुदीरयेत् ।। – मनुस्मृतिदुःखी नै भए पनि यस्तो बोली नबोल्नु जसले अरुको चित्त दुःखाओस् । यसैगरी डाह पनि नगर्नू ।मनुस्मृतिमा जीवन यापनका यावत् विषयवस्तुको निर्देशन गरिएको छ । अधिकांश विषयवस्तु आजको सन्दर्भमा पनि उत्तिकै प्रयोगयोग्य छन् । आफू दुःखको भुमरीमा भौँतारिए पनि अरुलाई ठेस पुग्ने कुरा नबोल्नू भन्ने मनुको आदेश छ । अर्कालाई चोट पर्ने कुरा गर्नु पाप कर्म हो । यसैगरी डाह पनि हाम्रो शत्रु भएकाले मनमा यस्तो भावना पाल्नु हुँदैन भन्ने नीति वचन मननीय छ । – नारायणप्रसाद निरौला, ज्योतिषाचार्य–










