राममणि बहुमुखी क्याम्पसमा आइडिया स्टुडियोले कलेज हण्ट कार्यक्रम सम्पन्न गरेको छ

प्रकाशित मिति:

श्रावण २३, मणिग्राम । रूपन्देहीको मणिग्राम स्थित राममणि बहुमुखी क्याम्पसमा आइडिया स्टुडियोले कलेज हण्ट कार्यक्रम सम्पन्न गरेको छ । नेपाली विद्यार्थीलाई नेपालमै इलम गर्ने वातावरण निर्माणका लागि कार्यक्रम गरिएको आयोजकले बताए ।कार्यक्रम अन्तर्गत क्याम्पसमा अध्ययनरत विद्यार्थीका नवप्रवर्तनसँग सम्बन्धित योजनालाई प्रतिस्पर्धा गराई तिनै योजनामा उद्यम–व्यवसाय सञ्चालनमा सहजीकरण गरिने आइडिया स्टुडियोका अनिल बस्नतेले जानकारी दिनुभयो ।क्याम्पस प्रमुख ताराप्रसाद पराजुली, तिलोत्तमा ६ का वडाध्यक्ष गणेश पाठक, नगर कार्यपालिका सदस्य रवि सेञ्चुरी लगायतले स्वरोजगार र व्यवसायिकतामा अघि बढेमात्र देश विकाश गतिशील हुने बताउनुभयो ।
विद्यार्थी परामर्श तथा सहयोग समितिका संयोजक भिमलाल घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पसका स्नातक तह अन्तर्गत बी.बी.एस., बी.ए. र बी.एड.का विद्यार्थीसँगै प्राध्यापकहरूको सहभागिता रहेको थियो ।