नेविसंघ स्याङ्जाको वरिष्ठ उपसभापतिमा युधिष्ठिर गैह्रे चयन

प्रकाशित मिति:

स्याङ्जा —नेपाली कांग्रेस सम्बद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ ९नेविसंघ० स्याङ्जाको वरिष्ठ उपसभापतिमा वालिङ नगरपालिका–१३ निवासी युधिष्ठिर गैह्रे चयन भएका छन्। नेविसंघ तथा विद्यार्थी राजनीतिमा लामो समयदेखि सक्रिय गैह्रेलाई वरिष्ठ उपसभापतिको जिम्मेवारी दिइएको कांग्रेस निकट स्रोतले जनाएको छ। वालिङ बहुमुखी क्याम्पसमा अध्ययनरत गैह्रे स्याङ्जा जिल्लाको विद्यार्थी आन्दोलन र सामाजिक गतिविधिमा निरन्तर रुपमा सक्रिय रहँदै आएका छन् । वालिङ् बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघलाई जिताउन सशक्त भुमिका खेलेको चर्चा चलेका गैह्रेलाई नेविसंघले महत्त्वपूर्ण जिम्मेवारी दिएको निकट स्रोतले बताएको छ ।