बुटवलको गणेश ज्ञानज्योती पव्लिक हाइस्कुलका प्रसन्न पौडेलले ल्याए चार जीपीए
बुटवल । २०८१ सालको एसइई परीक्षाको उत्तर पुस्तिका पुनर्योग गर्दा रुपन्देहीको बुटवल– १६ सेमलारस्थित गणेश ज्ञानज्योती पव्लिक हाइस्कुलका प्रसन्न पौडेलले चार जीपीए ल्याएका छन् । यसअघि परीक्षाफल प्रकाशित हुँदा ३।९५ जीपीए आएकोमा उनले चित्त नबुझी रिटोटलिङ ९पुनर्योग० गराएका थिए । पुनर्योग गराउँदा उनको चार जीपीए आएपछि उत्तरपुस्तिका चेकजाँचमा गल्ती भएको पुष्टी भएको छ । ३६ जनाले एसइई दिएको गणेश ज्ञानज्योतीबाट ७२ प्रतिशत विद्यार्थी विशिष्ट श्रेणीमा उत्तीर्ण भएको विद्यालयका प्राचार्य कुलराज शर्माले जानकारी दिए ।
एसइईमा चार जीपीए ल्याउने पौडेललाई विद्यालयले बिहीबार एक समारोहका बिच सम्मान गरेको छ । त्यस अवसरमा बोल्ने वक्ताहरुले २०५४ सालमा स्थापना भएको यो विद्यालय सहकार्यको मोडलबाट सञ्चालित भएको र सबैको सहयोग र सहकार्यबाट विद्यालयले शैक्षिक क्षेत्रमा उत्कृष्ट नतीजा हासिल गरिरहेको बताए ।कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रैम शर्मा काफ्लेले विद्यालयको शैक्षिक वातावरण राम्रो रहेको र सबै क्षेत्रको साथ रहेकाले अहिलेको अवस्थासम्म आइपुगेको बताए । विद्यालयका प्राचार्य कुलराज काफ्लेले यस विद्यालयका सातजना विद्यार्थीले नेपाल सरकारका चिकित्सा शास्त्र, इन्जिनियरिङ र वन विज्ञान अध्ययन संस्थानको २०८०÷८१ को राष्ट्रिय प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएको भन्दै विद्यालयमा बालमैत्री वातावरणका साथ अध्यापन गराउने गरिएको बताए ।
चार जीपीए ल्याएका प्रसन्न पौडेलका हजुरबुबा गोविन्द पौडेलले विद्यालय, परिवार र शिक्षकको सामूहिक प्रयासले यो नतीजा हासिल भएको भन्दै यसका लागि सबैलाई धन्यवाद दिए ।विद्यार्थी प्रसन्न पौडेलले विद्यालयमा विद्यार्थीमैत्री वातावरण रहेको भन्दै घरपरिवार र विद्यालय र आफ्नो सामूहिक मेहनतले जीपीए चार ल्याउन सफल भएको बताए । त्यस अवसरमा विद्यालयका भूपू अभिभावक चुरामणि पौडेल, समाजसेवी पिताम्वर खरेल, सहायक प्रधानाध्यापक डोलराज अर्याल लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए । यो विद्यालयबाट यसअघि पनि खुसी सापकोटा, सुमित उपाध्याय, विनोद पोख्रेल र सविना थापाले पनि एसइईमा चार जीपीए ल्याएको शिक्षक लेखनाथ पौडेलले जानकारी दिए । चार जीपीए हासिल गर्ने प्रसन्न पौडेललाई विद्यालयले बिहीबार एक समारोहका बिच सम्मान गरेको छ ।










