देउवापार गाइजद्वारा तिज गीत प्रतियोगिता : महालक्ष्मी कृषि समुह प्रथम

प्रकाशित मिति:

सैनामैना । सैनामैना ७ देउवापारमा रहेको देउवापार गाइजले वडा स्तरीय तिज गित प्रतियोगिता सम्पन्न गरेको छ । वडा भित्रका १० वटा समूह तथा संस्थाहरुको प्रस्तुति रहेको प्रतियोगितामा महालक्ष्मी कृषि समुह प्रथम हुन सफल भएको छ । कार्यक्रममा दुर्गा महिला समूह द्वितीय भएको छ भने बहुलक्ष्मी आमा समूह तृतीय हुन सफल भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सैनामेना ७ का वडा अध्यक्ष राजकुमार चाैधरीले क्लवको सक्रियतालाई धन्यवाद दिदै प्रतियोगी महिलाहरुले गितका माध्यमबाट उठाएका कुरा निकै सान्दर्भिक रहेकाे बताए। नेपाल कला संस्कृतिमा धनि रहेको भन्दै सबैको संरक्षण आवश्यक रहेको भन्दै यस्तै अझ भव्य कार्यक्रम अर्को वर्षबाट वडाको आयोजनामा गरिने बताए ।
यस्तै कार्यक्रम मनतव्य राख्दै समाजसेवी टिकाराम उप्रेतीले तिजका गितले नारीका कुरा समेट्नु पर्नेमा जोड दिए।
कार्यक्रम बोल्दै निवर्तमान कार्यपालिका सदस्य देवी कार्कीले तिज पर्व महिलाहरुले सुख दुख साटासाट गर्ने पर्व बनेको बताइन ।
लायन्स क्लव सैनामैना मलमलाका अध्यक्ष जीवन घिमिरेले कार्यक्रममा बोल्दै तिज पर्व र गितले नेपाली संस्कृतिको चित्रण गरेको बताए।
कार्यक्रममा बोल्दै पत्रकार रमेश गैरेले नारीहरु एक शक्तिका रुपमा रहेको भन्दै गितमा व्यक्त भएका कुराहरू सम्बन्धित निकायबाट सम्बोधनको चरणमा जानुपर्ने बताए।
कार्यक्रममा कलाकार अमृत सुनारले समेत बिशेस सांस्कृतिक प्रस्तुती दिएको क्लवका उपाध्यक्ष यमन न्यौपानेले बताए कलाकार सुनारले आफ्नो सांगीतिक प्रस्तुतिमा अतिथि तथा दर्शकहरूलाई नचाएका थिए।
कार्यक्रम क्लबका अध्यक्ष विशाल पौडेलको अध्यक्षता, वडा अध्यक्ष राजकुमार चौधरीको प्रमुख आतिथ्यता , विभिन्न संघसंस्था तथा सहयोगी दाताहरूको आतिथ्यता ,कार्यक्रम संयोजक शोभा थापाको स्वागत एवं क्लबका सचिव आर्यन घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम सैनामैना नगरपालिका वडा नम्बर ७ देउवापारमा रहेको सभा हलमा सम्पन्न भएको हो।