बर्दघाट खानेपानीद्रारा आमाहरूलाई लक्षित गरी सुरक्षा योजना सञ्चालन

प्रकाशित मिति:

प्रकाश न्यौपाने
भदौ २ गते
नवलपरासी । बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आमा समूहलाई लक्षित गरी खानेपानी सुरक्षा योजना सम्बन्धी अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । उपहार नगर आमा समुह र मिलिजुली आमा समुहलाईका ४३ जना सदस्यहरुलाई राखेर कार्यक्रम गरिएको छ ।


कार्यक्रम धौलागिरी टोल विकास संस्था, उपहार नगर टोल विकास संस्था, मिलिजुली र उपहार आमा समूहलाई लक्षित गरी गरिएको कार्यक्रम भएको हो । सहभागी आमा समूहका प्रतिनिधिहरूले मुहान संरक्षण, पानीको बचत, फजुल खर्च रोकथाम र कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।


कार्यक्रमका प्रमुख अतिथि एब पूर्व लेखा समिति सयोजक तथा हालका सल्लाहकार रबिन्द्र विक्रम हमालले आमालाई लक्षित गरिएको कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्ने बताउनु भयो । उहाले विगतमा दूषित खानेपानीका कारण विभिन्न रोग फैलिने गरेको भए पनि अहिले शुद्ध पानी उपलब्ध भएपछि त्यस्ता समस्या कम भएको उल्लेख गर्नु भयो । सस्थाका सल्लाहकार गङ्गा पाण्डेले खानेपानीसङ्ग महिला बढी सरोकारवाला भएकाले महिला लक्षित कार्यक्रम प्रभावकारी हुने धारणा राख्नु भयो ।


 

संस्थाका अध्यक्ष दिपक लम्सालले आमाहरू गर्ने धेरैका पानीसँग सम्बन्धि भएकाले आमा लक्षित गरिएको बताउनु भयो । उहाले भूमिगत पानी जोगाउन वृक्षारोपण, मुहानको संरक्षण, तालहरूको सरंक्षण तथा कृत्रिम ताल निर्माण गरेर पानी जमिनमा सोस्ने प्रणालीलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनु भयो । “हामीले गुणस्तरीय पानी उपलब्ध गराउन निरन्तर प्रयास गर्दै आएका छौँ, हप्तामा ४ वटा परिवारको पानी नियमित परीक्षण गर्छौँ,” उहाले भन्नू भयो ।


सस्थाका उपाध्यक्ष तथा खानेपानी सुरक्षा योजनाका संयोजक कमल थापाले कार्यक्रमलाई वार्षिक योजना अनुसार अघि बढाइएको उल्लेख गर्दै मुहानदेखि मुखसम्म शुद्ध पानी उपलब्ध गराउनु नै संस्थाको प्रमुख उद्देश्य भएको बताउनु भयो । “पानी धेरै प्रयोग गर्ने गृहिणीहरूलाई लक्षित गरेर सहि तरिकाले शुद्ध पानी पिउन सिकाउने हाम्रो उद्देश्य हो,” उहाले बताउनु भयो ।


संस्थाका व्यवस्थापक विष्णुकुमार भुसालले २०६८ सालदेखि खानेपानी सुरक्षा योजनाको अभिमुखीकरण गर्दै स्थानीय निकाय र सुरक्षाकर्मीहरूसँग सहकार्य गरेर संस्थाले उपभोक्ता लक्षित गतिविधि सञ्चालन गर्दै आएको बताउनु भयो । पत्रकार प्रकाश न्यौपानेले संस्थाले सञ्चालन गरिरहेको उपभोक्ता केन्द्रित कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिन सके अझ प्रभावकारी हुने उल्लेख गर्नु भयो । खानेपानी सुरक्षा समिति सदस्य विष्णु गिरीको स्वागत रहेको कार्यक्रमको सञ्चालन सचिव शोभाकान्त कोइरालाले गर्नु भयो ।