जिल्लास्तरीय स्नूकरको फाइनल सोमबार, अजय र रुकु भिड्दै

प्रकाशित मिति:

बुटवल । बुटवलमा जारी जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिताको फाइनलमा अजय सुनार र रुक खान पुगेका छन् ।बुटवलस्थित खस्यौली स्नूकर क्लबमा शनिबार बेस्ट अफ नाइनका आधारमा भएका खेलमा कुडल श्रेष्ठलाई पराजित गर्दै रुकु खान र कशिश क्षेत्रीलाई पराजित गर्दै अजय सुनार फाइनल प्रवेश गरेका हुन् ।नेपाल बिलियर्ड्स पुल तथा स्नूकर संघ रुपन्देहीको आयोजनामा पुस १४ देखि जारी नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगितामा जिल्लाका १ सय २८ जना खेलाडीले प्रतिस्पर्धा गरेका खेल संयोजक विजय गुरुङले बताए ।

पुस २१ गते सोमबार फाइनल खेल हुने छ । प्रतियोगिताको विजेताले एक लाख, उपविजेताले ५० हजार तथा उच्च स्कोररले २० हजार, उदीयमान खेलाडी र अनुशासित खेलाडीले ५र५ हजार र स्नूकर स्टीक प्राप्त गर्ने संघका अध्यक्ष सुजन पुनले जानकारी दिए । प्रतियोगितालाई बुटवल उपमहानगरपालिका, उद्योगी चुन्नु पौडेल, कमलजंग कुंवर लगायतले आर्थिक सहयोग गरेका आयोजक संघका महासचिव प्रकाश क्षेत्रीले बताए । सोमबार सांझ साढे ५ बजे हुने समापन समारोहमा विजयी,उपविजयी र अन्य विधाका उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ ।