बुटवलमा जुत्ता–चप्पल भेराइटी मेला सुरु, ५ हजारभन्दा बढी डिजाइन र ५० प्रतिशतसम्म छुट
जुत्ता–चप्पलका विविध डिजाइन तथा चर्चित ब्रान्डहरू एकै स्थानमा अवलोकन र खरिद गर्न पाइने जुत्ता–चप्पल भेराइटी मेला बुटवलमा सुरु भएको छ। नेपाली जुत्ता घर बुटवलको आयोजनामा सञ्चालन भएको मेला पौष २० गतेदेखि माघ २० गतेसम्म सञ्चालन हुनेछ। मेलामा नेपालका ख्यातिप्राप्त फुटवेयर ब्रान्डहरूको बृहत् प्रदर्शनी राखिएको आयोजकले जनाएको छ। एकै स्थानमा ५ हजारभन्दा बढी जुत्ता–चप्पलका डिजाइनहरू अवलोकन तथा खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ। यसले उद्योगदेखि उपभोक्तासम्मको प्रत्यक्ष पहुँच स्थापित गर्ने अपेक्षा गरिएको संचालक अविषेक पाण्डेले बताउनुभयो। मेलाअन्तर्गत उपभोक्तालाई लक्षित गर्दै विशेष छुटका योजना सार्वजनिक गरिएको छ। जसअनुसार रु. ५०० मा १ जोडी जुत्ता, रु. ५०० मा २ जोडी चप्पल, रु. ५०० मा ३ जोडी चप्पल तथा रु. ७५० मा २ जोडी जुत्ता खरिद गर्न सकिने व्यवस्था गरिएको छ। साथै, मेलामा निःशुल्क प्रवेशको सुविधा उपलब्ध छ। मेलामा सहभागी जुनसुकै नेपाली ब्रान्डका जुत्ता तथा चप्पल खरिदमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट प्रदान गरिने अर्का संचालक अर्जुन खनालले जानकारी दिनुभयो। मेलामा नेपालका चर्चित तथा विश्वसनीय ब्रान्डहरूको सहभागिता रहेको छ। मेला नेपाली जुत्ता घर बुटवल, नयाँमण्डी बुटवल–११, कालिकानगरमा सञ्चालन भइरहेको छ। मेलाले स्वदेशी जुत्ता उद्योगको प्रवर्द्धन गर्नुका साथै उपभोक्तालाई गुणस्तरीय उत्पादन सुलभ मूल्यमा उपलब्ध गराउने विश्वास लिइएको संचालक दामोदर न्यौपानेले बताउनुभयो।












