प्रकाश न्यौपाने
फाल्गुन २ गते
नवलपरासी । नवलपरासी क्षेत्र नम्बर १ का ६ जना नेपाली कांग्रेसका प्रभावशाली नेताले कांग्रेस पार्टी परित्याग गरेका छन ।पश्चिम नवलपरासी क्षेत्र नम्बर १ स्थित जिल्ला सदस्य ध्रुबराज जमरकट्टेल, पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का क्षत्रीय सचिब बालिन्द्र बिक्रम शाही, बर्दघाट नगर सभापति दामोदर जिसी, प्रदेश सभा क्षेत्र नम्बर १ (क) का सचिव भवानी शङ्कर भट्टराई र बर्दघाट नगर सह सचिव हरी प्रसाद अधिकारी र नेपाली कांग्रेस क्षेत्र १ (क) का क्षेत्रिय कार्यसमिति सदस्य सुधिर पौडेलले छुट्टाछुट्टै बिज्ञाप्ति निकालेर पार्टी परित्याग गरेको घोषणा गरेका हुन ।
क्षेत्र नम्बर १ का सचिव शाहिले स्थानिय क्षेत्र नम्बर १ मा कार्यकर्ता र मतदाताले चाहेको स्थानीय ल उम्मेदवार पार्टीले दिन नसकेको यहि भूमिको उम्मेदवार हुनु पर्ने अडानका साथ आफुहरु अघि बढे पनि केन्द्रिय स्तरमा आफुहरुको भावनाको कदर नभएकाले पार्टीमा बस्नुको अर्थ नदेखिएको हुदा राजिनामा दिएको बताउनु भयो ।
स्थानियको कार्यकर्ताको माग बिपरित नेपाली कांग्रेसले यहाका मतदाताको चाहाना बिपरित अन्यलाई टिकट दिएर कार्यकर्ताको भावना विपरित काम गरेका कारण त्यो पार्टीमा रहन सकिएन नसकिएका कारण काङ्ग्रेस परित्याग गरेको बर्दघाट नगर सभापति दामोदर जिसिले बताउनु भयो ।
पछिल्लो पटक जिल्ला सदस्य ध्रुब राज जमरकट्टेल, नवलपरासी क्षेत्र न १ का सचिब बालिन्द्र बिक्रम शाही , बर्दघाट नगरपालिकाका कांग्रेस सभापति दामोदर जिसि, सदस्य सुधिर पौडेल र सचिव हरी अधिकारी पाचै जनाले एकै दिन शनिवार राजिनामा दिएका हुन । भने केहि दिन अघि राजिनामा दिएका क्षेत्र नम्बर १ क का सचिव भट्टराई भने रास्वपामा खुलेका छ्न ।
राजिनामा दिएका ६ जनाले नै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बिक्रम खनाललाई सहयोग गर्ने बताइएको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले कांग्रेस छोडेर रास्वपाका उम्मेदवार बनेपछि यहा कांग्रेस छोडनेक्रम बढेको देखिन्छ ।












