। प्रतिनिधी सभा सदस्य निर्वाचनकालागि रुपन्देही क्षेत्रनम्बर–१ मा कांगेसकोतर्फबाट उम्मेदवार बनेका हिराबहादुर खत्रीले नवयुवाका मुद्धालाई सम्बोधन गर्नकै लागि आफुले उम्मेद्वारी दिएको बताउनुभएको छ । मुलुकमा सुशासनकालागि भदौ–२३ र २४ मा नवयुवा जेनजी आन्दोलन भएको स्मरण गर्दै मुलुकमा रोजगारी, सुशासन र युवामैत्री नीति निर्माणमा भुमिका खेल्नकालागि उम्मेद्वारी दिएको बताउनुभयो । रुपन्देहीको देवदहमा बुधबार भएको उम्मेद्वारसँग खुल्ला बहस कार्यक्रमलाई सम्बोधन गर्दै खत्रीले आफ्नो क्षेत्रको पर्यटन, कृषि, रोजगारी र पुर्वाधार विकासलाई प्राथमिकता दिने बताउनु भएको हो । उहाँले निर्वाचनले मुलुकलाई सही दिशा दिने उल्लेख गर्दै जेनजीका चाहना र उनीहरुको आवश्यकताका आधारमा बन्ने सरकारकालागि पनि आउने निर्वाचन महत्वपुर्ण भएको बताउनुभयो । आम नागरिकमा धेरै निराशाहरु रहेको, मुलुकमा केही भएन भनेर ठुलो युवाशक्ति विदेश पलायन भएको अवस्थामा स्थिर र स्थायी सरकार आम नागरिकको चाहना भएकाले कांग्रेस आफु पनि बललिएको र मुलुकलाई पनि बदल्ने अठोट लिएको स्पष्ट पार्नुभयो । सार्वजनिक संघसंस्थाहरुमा राजनीतिक हस्तक्षेप भएकै कारण आम नागरिकले धेरै दुःख पाएको स्मरण गर्दै उम्मेदवार खत्रीले कांग्रेसले बहुमत ल्याएमा सबैले विश्वास गर्ने सरकार निर्माण गर्ने पार्टीको रोडम्याप रहेको बताउनुभयो ।
यसैबीच उम्मेदवार खत्रीले रुपन्देहीको क्षेत्रनम्बर एकका देवदह, तिलोत्तमा, ओमसतिया, रोहीणीका विभिन्न वडा तथा टोलमा घरदैलो, जनभेटघाट र सुझाव संकलन गर्नु भएको क्षेत्रीय सचिव विजय गुरुङले जानकारी दिनुभयो । प्रतिनिधी सभा सदस्य निर्वाचनकालागि रुपन्देही क्षेत्रनम्बर–१ मा कांगेसकोतर्फबाट उम्मेदवार बनेका हिराबहादुर खत्रीले नवयुवा जेनजी का मुद्धालाई सम्बोधन गर्नकै लागि आफुले उम्मेद्वारी दिएको बताउनुभएको छ । मुलुकमा सुशासनकालागि भदौ–२३ र २४ मा नवयुवा जेनजी आन्दोलन भएको स्मरण गर्दै मुलुकमा रोजगारी, सुशासन र युवामैत्री नीति निर्माणमा भुमिका खेल्नकालागि उम्मेद्वारी दिएको बताउनुभयो । रुपन्देहीको देवदहमा बुधबार भएको उम्मेद्वारसँग खुल्ला बहस कार्यक्रमलाई सम्बोधन गर्दै खत्रीले आफ्नो क्षेत्रको पर्यटन, कृषि, रोजगारी र पुर्वाधार विकासलाई प्राथमिकता दिने बताउनु भएको हो । उहाँले निर्वाचनले मुलुकलाई सही दिशा दिने उल्लेख गर्दै जेनजीका चाहना र उनीहरुको आवश्यकताका आधारमा बन्ने सरकारकालागि पनि आउने निर्वाचन महत्वपुर्ण भएको बताउनुभयो । आम नागरिकमा धेरै निराशाहरु रहेको, मुलुकमा केही भएन भनेर ठुलो युवाशक्ति विदेश पलायन भएको अवस्थामा स्थिर र स्थायी सरकार आम नागरिकको चाहना भएकाले कांग्रेस आफु पनि बललिएको र मुलुकलाई पनि बदल्ने अठोट लिएको स्पष्ट पार्नुभयो । सार्वजनिक संघसंस्थाहरुमा राजनीतिक हस्तक्षेप भएकै कारण आम नागरिकले धेरै दुःख पाएको स्मरण गर्दै उम्मेदवार खत्रीले कांग्रेसले बहुमत ल्याएमा सबैले विश्वास गर्ने सरकार निर्माण गर्ने पार्टीको रोडम्याप रहेको बताउनुभयो ।यसैबीच उम्मेदवार खत्रीले रुपन्देहीको क्षेत्रनम्बर एकका देवदह, तिलोत्तमा, ओमसतिया, रोहीणीका विभिन्न वडा तथा टोलमा घरदैलो, जनभेटघाट र सुझाव संकलन गर्नु भएको क्षेत्रीय सचिव विजय गुरुङले जानकारी दिनुभयो ।












