दिव्यज्योति बहुमुखी क्याम्पसमा बिबिए प्रथम सेमेस्टरका विद्यार्थीलाई स्वागत

प्रकाशित मिति:

चैत ७ गते
नवलपरासी । बर्दघाट–२ स्थित दिव्यज्योति बहुमुखी क्याम्पसमा बिबिए तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले बिबिए प्रथम सेमेस्टरमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गरेका छन्।


कार्यक्रमका प्रमुख अतिथि क्याम्पस सञ्चालक समिति अध्यक्ष पुण्यप्रसाद पौडेलले उत्कृष्ट शैक्षिक नतिजा नै क्याम्पसको प्रमुख चिनारी भएको उल्लेख गर्नु भयो । उत्कृष्ट नतिजाका लागी विद्यार्थी, क्याम्पस प्रशासन, प्राध्यापक र सञ्चालक समितिको हातेमालोका साथ अघि बढ्ने धारणा राख्नु भयो । क्याम्पस प्रमुख सागरमणि पाण्डेले विद्यार्थीलाई शैक्षिक ज्ञानसँगै उद्यमशीलता र आत्मनिर्भरतातर्फ उन्मुख हुन प्रेरित गर्दै बिबिए अध्ययन गर्ने विद्यार्थी जागिर खोज्ने होइन, रोज्ने क्षमतायुक्त बन्नुपर्नेमा जोड दिनु भयो । उहाँले उच्च शिक्षामा सैद्धान्तिक र व्यावहारिक ज्ञानको समन्वय आवश्यक रहेको बताउनु भयो ।



सहायक क्याम्पस प्रमुख दीपक खड्का, प्राध्यापक तथा अधिवक्ता प्रकाश न्यौपाने लगायतले पनि विद्यार्थीहरूलाई सफल शैक्षिक यात्राको शुभकामना व्यक्त गर्दै जिवनका हरेक क्षण र पलबाट सिकाइ हासिल गर्न सकिने हुदा सिकाइ निरन्तर चलिरहने प्रक्रिया भएको धारणा राख्नु भयो । कार्यक्रममा प्राध्यापक शिव भुसाल, मणि पाण्डे, पुनम ढकाललगायतको उपस्तिथि रहेको थियो । विद्यार्थी–शिक्षकको सक्रिय सहकार्यमा कार्यक्रम उत्साहजनक र स्मरणीय बनेको आयोजकले जनाएको छ। साथै कार्यक्रममा सहभागी सम्पूर्ण अतिथि, प्राध्यापक तथा विद्यार्थीप्रति आयोजकले धन्यवाद व्यक्त गरेका छन्।


तेस्रो सेमेष्टरमा अध्यायनरत शिवम कुमार शाहको अध्यक्षतामा रहेको कार्यक्रमको सञ्चालन नवीन बराल र बबिता ढुंगानाले गर्नु भएको थियो । स्वागत मन्तव्य समिक्षा अधिकारीको रहेको कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति गर्नु भएको थियो ।