प्रतापपुर गाउँपालिकाको २० औं गाउँ सभा – विकास र सुशासनलाई प्राथमिकता

प्रकाशित मिति:

पुरुषोत्तम सुवेदी- पश्चिम नवलपरासी  । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको २० औं गाउँ सभा तथा हिउँदे अधिवेशनबाट आर्थिक प्रस्ताव र निर्देशिका पारित गरेको छ। सभाले आर्थिक वर्ष २०८२र०८३ का लागि बजेटको सीमा नबढ्ने गरी वडागत तथा पालिका स्तरीय आयोजना र कार्यक्रम संशोधन कार्यविधि निर्देशिकाु लाई सर्वसम्मत रूपमा पारित गरेको छ। सभामा बाल्दै गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले विकास निर्माणमा जनअपेक्षालाई शिरोधार्य गर्ने बताउनुभयो। उहाँले भन्नुभयोस् जनताको चाहना अनुसार विकास निर्माण गर्नु नै हामी जनप्रतिनिधिहरूको मुख्य कर्तव्य हो। हामीले बाटो, खानेपानी, विद्युत र सिँचाइ जस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकासे कार्यक्रमहरूलाई प्राथमिकताका साथ अगाडि बढाउँदै आएका छौँ। यो निर्देशिका पारित भएपछि योजनाहरूलाई अझ व्यवस्थित र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहज हुनेछ।

साथै सभाले चालू आर्थिक वर्षको हालसम्मको आय–व्यय र कार्यपालिकाका निर्णयहरूलाई समेत अनुमोदन गरिएको छ। उक्त सभाले आगामी आर्थिक वर्षको बजेट व्यवस्थापन र चालू वर्षको आय–व्ययलाई अनुमोदन गरेको छ।प्रशासनिक पक्ष र योजना कार्यान्वयनको विषयमा प्रष्ट पार्दै प्रमुख प्रशासकीय अधिकृत अनिता थारू बि।क।ले भन्नुभयोस्ूगाउँ सभाबाट पारित भएको संशोधन कार्यविधि निर्देशिकाले बजेटको अनुशासन कायम राख्दै वडातहसम्मका योजनाहरूलाई समयमै सम्पन्न गर्न कानुनी मार्गप्रशस्त गरेको छ। यसले पालिकाको आर्थिक पारदर्शिता र सुशासनलाई थप मजबुत बनाउनेछ। सभाले लेखा समिति गठन गर्ने निर्णय गरेसँगै हाम्रो प्रशासनिक कामकारबाही अझै उत्तरदायी बन्ने विश्वास लिएका छौँ। सभामा गाउँपालिका उपाध्यक्ष मान कुमारी चौधरीले आर्थिक वर्ष २०८२र०८३ मा न्यायिक समितिले सम्पादन गरेका गतिविधिहरू अनुमोदनका लागि पेस गर्नुभएको थियो। सो अवसरमा उहाँले न्याय सम्पादन र स्थानीय विवाद समाधानमा भएका प्रगतिबारे सभालाई जानकारी गराउनुभयो। सभाले पालिकामा लेखा समिति गठन गर्ने निर्णय समेत गरेको छ।