प्रकाश न्यौपाने
चैत १६ गते
नवलपरासी (पश्चिम) — पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. १ का सांसद बिक्रम खनालले सुस्ता क्षेत्र पुगेर स्थानीय बासिन्दाका समस्या तथा चुनौतीहरूको स्थलगत अध्ययन गरेका छन्।
स्थानीय बासिन्दाहरूले सांसद खनालसमक्ष नारायणी नदीको कटान तथा डुबानको दीर्घकालीन समाधान, लालपुर्जा र नागरिकता सम्बन्धी कानुनी जटिलता, साथै शिक्षा, स्वास्थ्य र यातायातका समस्याहरू उठाएका थिए।सांसद खनालले सुस्ताको भूमि संरक्षण र स्थानीय नागरिकको सुरक्षा आफ्नो प्रमुख प्राथमिकता भएको उल्लेख गर्दै समस्या समाधानका लागि संसद् तथा सरकारका सम्बन्धित निकायमा प्रभावकारी रूपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
सुस्तामा निर्माणाधीन तटबन्धको स्थलगत अनुगमन गर्दै खनालले कामको गुणस्तरमा कुनै सम्झौता नगर्न र तोकिएको समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनु भयो छ। साथै, स्थानीय जनप्रतिनिधिहरूसँग समन्वय गर्दै काम अघि बढाउन समेत आग्रह गर्नु भयो । सांसद खनालले सामाजिक सन्जालमा स्टाट्यस राख्दै सपथ ग्रहण कार्यक्रम सम्पन्न भएलगत्तै म नवलपरासी फर्किएको र जिल्लाका धेरै समस्यामा आफू स्थलगत अवलोकनमा नै पुग्ने उल्लेख गर्नु भयो ।

खनालले दाउन्ने सडकखण्डमा यात्रुहरूले भोग्दै आएको सास्ती र बढ्दो दुर्घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै छलफल गर्नु भएको छ । बर्दघाट इलाका प्रहरी, ट्राफिक प्रमुख तथा सडक विभाग प्रमुखसँग भएको छलफलमा तत्काल कार्ययोजना तय गरिएको छ।
छलफलमा लेन अनुशासन कडाइका साथ लागू गर्ने, बिग्रेका सवारी साधनलाई तत्काल सडकबाट हटाउने र ट्राफिक व्यवस्थापन सहज बनाउन नियमित माइकिङमार्फत सूचना प्रवाह गर्ने निर्णय गरिएको खनालले उल्लेख गर्नु भयो ।












