रोटरी तिलोत्तमा रुपन्देहीको चार्टरनाइट – गुरुकुल आश्रमलाई कम्प्युटर प्रदान
रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले बुटवलको सन्तोषी माता गुरुकुल आश्रमलाई कम्प्युटर प्रदान गरेको छ । क्लवको १५औं स्थापना दिवसको अवसरमा बिहिबार आयोजना गरिएको चार्टर नाइट कार्यक्रममा उक्त गुरुकुल आश्रमलाई एक थान कम्प्युटर प्रदान गरिएको हो ।
क्लव स्थापना भएको १४ वर्ष पूरा भई १५ वर्षमा प्रवेश गरेको अवसरमा क्लवका संस्थापकहरुलाई समेत सम्मान गरपएको छ । कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष डोलराज गैरे सहित संस्थापकहरु बालकृष्ण अर्याल, नविन श्रेष्ठ, कृष्णप्रसाद शर्मा, निरन्जन पोखरेल र गोपाल घिमिरेलाई भादगाउँले टोपीले सम्मान गरिएको हो ।रोटरी क्लव अफ तिलोत्तमा रुपन्देही काठमाण्डौको रोटरी क्लव अफ मञ्जुश्री जावलाखेलको स्पोन्सरमा सन् २०१२ मा २५ जना सदस्यसहित स्थापना गरिएको थियो । क्लवमा हाल ५० बढी सदस्य रहेको क्लवका अध्यक्ष दीपक भट्टराईले जानकारी दिए । उनका अनुसार क्लव स्थापनापछि सिग्नेचर प्रोजेक्ट अन्तरगत आन्तरिक स्रोत नभएका ग्रमिण सामुदायिक विद्यालयमा रंगरोगन गर्दै आएको छ भने अन्य सामाजिक सेवाका कार्यक्रम गर्दै आएको छ ।
यो वर्ष सिग्नेचर प्रोजेक्ट अन्तरगत बुटवलको सन्तोषी माता गुरुकुल आश्रममा रंगरोगन गरिएको छ । होलीमा गरिने कार्यक्रम अन्तरगत बिद्यालय रंगरोगन गरिएपनि औपचारिक कार्यक्रम गरेर हस्तान्तरण गर्न बाँकी छ ।यो वर्ष प्रतिनिधि सभा निर्वाचनका कारण बिद्यालय रंगरोगन गरिएपनि हस्तान्तरणमा केही ढिलाई भएको अध्यक्ष भट्टराईले बताए ।कार्यक्रममा बोल्दै क्लवकी एसाइन एजी कमला हमालले क्लव स्थापनाको १४ वर्षको अन्तरालमा डिष्ट्रिकमा बलियो क्लवको रुपमा स्थापित भएको बताईन् । उनले सिग्नेचर प्रोजेक्ट अन्तरगत सामुदायिक विद्यालयमा रंगरोगन गर्ने कार्यक्रम क्लव पहिचान बनेको समेत उल्लेख गरिन् । एजी जितेन्द्र शर्माले एसाइन एजी हमालको अनुपस्थितिमा क्लवलाई राम्रोसंग बुझ्ने अवसर पाएको बताउदै यो क्लवका कार्यक्रम अरु क्लवका लागि पनि उदारणीय रहेको बताए ।सन्तोषी माता गुरुकुल आश्रमका सचिव डण्डपाणी पाण्डेले क्लवले आश्रमलाई पटक(पटक सहयोग गरेर धेरै ठूलो गुन लगाएको बताए । उनले आश्रममा रंगरोगन गरेर क्लवको अमिट छाप छोडेको उल्लेख गरे ।त्यसअवसरमा क्लवका संस्थापक अध्यक्ष डोलराज गैरे, पूर्व अध्यक्ष गोपाल ज्ञवाली, निवर्तमान अध्यक्ष देवीराम पाण्डे, इलेक्ट प्रेसिडेन्ट देवीलाल भट्टराई, उपाध्यक्ष अर्जुन आचार्य लगायतले क्लवका विगतदेखि बर्तमानसम्मको बारेमा जानकारी गराएका थिए ।












